Sahara Sansar

Wednesday, February 23, 2011

प्रदर्शनकारीमाथि बल प्रयोग गरिएकोमा राष्ट्र सङ्घको निन्दा

फागुन ११ ।  लिवियामा फैलँदै गएको सरकार विरोधी प्रदर्शनका क्रममा प्रदर्शनकारीमाथि सरकारले गरेको बल प्रयोग प्रति संयुक्त राष्ट्र सङ्घले निन्दा गरेको  छ । राष्ट्र सङ्घको मंगलवार  बसेको सुरक्षा परिषद्का बैठकले बल प्रयोगप्रति आपत्ति जनाएको हो ।

 आम नागरिकमाथि बल प्रयोग गर्ने कार्यमा संलग्न रहनेहरुलाई कारवाही गरिनुपर्ने पनि राष्ट्र सङ्घले भनेको छ । राष्ट्र सङ्घले विरोध गरे पनि लिवियाका शासक कर्नल गद्दाफिले भने आफ्ना समर्थकहरुलाई सडक उत्रेर प्रदर्शनकारीमाथि जाइलाग्न आह्वान गर्नुभएको छ । उहाँले आफू अहिल्यै सत्ता छाड्ने मनस्थितिमा नरहेको पनि बताउनुभएको छ ।

 लिवियामा सरकार विरोधी प्रदर्शन चर्कँदै जाँदा अहिलेसम्म ३ सय भन्दा मानिसको मृत्यु भइसकेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae