Sahara Sansar

Tuesday, February 22, 2011

कीर्तिपुर महोत्सव सम्पन्न

 हिमनाथ दुवाडी  
 फागुन १० काठमाडौं ।   “हाम्रो कीर्तिपुर हाम्रो संस्कृति” भन्ने मुल नाराका साथ कीर्तिपुर महोत्सव सम्पन्न भएको छ । पाँच दिन सम्म चलेको महोत्सवमा स्थानीय कला,संस्कृति,सम्पदा, रितिरिवाज,स्थानीय खाना तथा परम्परागत समानको प्रदर्शनी गरिएको आयोजकले बताएको छ ।

कीर्तिपुरवासी ३४ वटा आमा समुहहरु मिलेर सो महोत्सव गरेको हो । महोत्सवमा कीर्तिपुर भरी गरि ३४ वटा आमासमुहहरुले विभिन्न ठाँउमा करिव १२० वटा स्टल राखेको र कीर्तिपुरवासीले महोत्सव भरिमा करोडौ रुपैया संङ्कलन गरेको महोत्सव संयोजक राजमान महर्जनले बताउनुभयो ।

कीर्तिपुरको रहनसहन, रितिरिवाज, कला तथा अन्य पुराना सामाग्रीलाई दर्शकले अत्यन्तै मन पराएकोले आगामी दिनहरुमा पनि महोत्सव गर्न सहज हुने वातावरण सृजना भएको उहाँले बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae