Sahara Sansar

Saturday, February 26, 2011

दुईसाता अघि अपहरणमा परेका शुर्दशन फूयाल नुवाकोटवाट मुक्त


कूल तामाङ्
फागुन १४ नुवाकोट।  गत फागुन २ मा राजधानीको सितापाईला वाट अपहरित काठमाडौ सानोभ¥याङ का ३८ वर्षिय शुर्दशन फूयाल विहिवार राती धादिङ नुवाकोट सिमानामा रहेको किम्ताङ गाविसको किम्ताङ फेदीवाट मुक्त हुनुभएको हो । यातायात व्यवसायी फूयालले लेनदेनको विषयमा आफ्नै सहयोगी मातातिर्थ निवासी रामशरण केसीवाट अपहरण भएको वताउनुभयो । दुई तिन वर्ष देखी लेनदेनको विषयमा केसी संग अदालतमा मुद्धा समत चलिरहेको र केसीले अदालतवाट मुद्धा हार्दै आएपछि रकम अशुल्न अपहरण गरेको दावी फूयालले गरेका छन्  ।

फागुन १२ गते विहिवार अपहरणमुक्त भएका फूयाल माओवादी कार्यकर्ताहरुको सहयोगमा शनिवार विदुर आइपुग्नुभएको हो ।  दुईसाता देखी अज्ञात समूहको वन्धक वनेका फूयाललाई माओवादीले उद्धार गरेको दावी गर्दै विदुर स्थित माओवादी पार्टी कार्यालयमा संचारकर्मी विच सार्वजनिक गरेको थियो । माओवादीले संचारकर्मी विच सार्वजनिक गरेका फूयाललाई प्रहरी समक्ष वुझाउने जानकारी दिएको छ ।

अपहरणकारीले हनुमानढोकामा गरेको कागज अनुसार १३ लाख रुपैया दिन वन्धक वनाएको समयमा पटक पटक माग गरेको फूयालले वताउनुभयो । जर्वरजस्ती हनुमानढोका स्थित प्रहरीमा जर्वरजस्ती गराईएको कागज अदालतले वदरगरेपछि फूयालले भने रकम नतिर्ने वताउदै आउनुभएको छ ।   

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae