Sahara Sansar

Sunday, February 27, 2011

लोडसेडिङको मौकामा मझुवा गाविसमा चोरी भयो विजुलीको तार

एसवी गौतम
फागुन १५ सिन्धुली। सिन्धुलीको मझुवा गाविसमा विजुलीको कालोतार चोरी भएको छ । लोडसेडिङ्को समयमा मझुवा गाविसको वडा नम्वर १ वाट ६सम्म टाङिएको करिव ६०० मिटर कालोतार चोरी भएको हो ।

लगातार अस्ति र हिजो लाईन आएन र किन आएन भनेर वुझ्दै जादा तारनै हराएको स्थानिय वासी शिवजी भुजेलले वताउनु भयो ।  भौगोलीक विकटता हुदै टाङिएको तारको कुल लागत करिव एक लाख रुपैया रहेको अनुमान गरिएको छ ।

कसले किन र के प्रयोजनका लागी विजुलीको तार चोरेको हो थाहा नभएको स्थानियवासीहरु वताउछन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae