Sahara Sansar

Saturday, February 19, 2011

६१ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर मनाइदै


फागुन ७ काठमाडौँ । ६१ औं राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइदैछ । दिवसको अवसरमा नेपाली सेनाले आज बिहान सुर्योदयसगै धरहराबाट विगुल बजाइनुका साथै तोप र बन्दुकबाट बढाइ गरेको छ । यसैगरी प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात सहिदको आत्माको चीरशान्तिका लागि पूजापाठ गरिने छ ।

दिउसो मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिनेछ । यसैगरी प्रधानमन्त्री झलनाथ खनालले आज अपराहृन शीतलनिवासमा जलपान समारोह आयोजना गर्नुहुनेछ । दिवसको अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादव, प्रधानमन्त्री झलनाथ खनाल लगायतले शुभकामना सन्देश दिनु भएको छ ।

वि.सं. २००७ फागुन ७ गते जहानिया राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापनाको घोषणा भएको दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाइर्दै आएको छ । यसका साथै प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसले आज देशभर जनसभा गर्दैछ । शान्ति र संविधान निर्माणमा पार्टीको भुमिका र प्रतिपक्षमा बस्ने पार्टी निर्णयबारे जानकारी दिन देशभर सभा गर्न लागिएको कांग्रेसले जनाएको छ । सभाका लागि कांग्रैसले शीर्ष सहितका नेताहरुलाई जिल्लाजिल्लामा खटाएको छ । सभापति सुशील कोइरालाले गृहजिल्ला बाके, वरिष्ठ नेता शेरबहादुर देउवाले भत्तपुर, संसदीय दलका नेता रामचन्द्र पौडेलले धनुषामा र महामन्त्री प्रकाशमान सिहले बारा हुने सभालाई सम्वोधन गर्नु हुनेछ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae