Sahara Sansar

Monday, February 21, 2011

विश्वबाटै निर्मुल हुंदै गएको कम्युनिष्ट शासन नेपालमा लागु नहुने: अर्जुन नरसिंह केसी



फागुन ९ लण्डन। नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले विश्वबाटै निर्मुल हुंदै गएको कम्युनिष्ट शासन नेपालमा लागु नहुने  बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति बेलायतको आठौ बार्षिक उत्सवको उद्घाटन गर्दै उहांले दुई पार्टीबीचको संझौताले सहमतीको राजनीतिलाई पन्छाएको आरोप लगाउनुभयो ।

नेता केसीले प्रचण्ड र झलनाथको आलोपालो प्रणालीले देश वामपन्थी ध्रुबीकरण उन्मुख भएको बताउदै   एमाले र माओवादीबीचको संझौता जनताको नाममा सर्वसत्ताबाद लाद्ने प्रयास भएको बताउनुभयो ।   अधिनायकबादमा प्रजातन्त्र फस्टाउन नसक्ने टिप्पणी गर्दै उहांले विचारलाई बलले नियन्त्रण खोज्नु माओवादीको दिवा स्वप्ना भएको उल्लेख गर्नुभयो ।

कांग्रेस नै लोकतन्त्रको संवाहक शक्ति भएकोले यसको खिालाफमा कसैसंग संझौता नगर्ने उहांको   भनाइ छ । वर्तमान सरकारलाई रचनात्मक सहयोग गर्न कांग्रेस तयार रहेको जनाउंदै उहांले गुण र दोषको आधारमा सरकारलाई विरोध या समर्थन गर्ने बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae