Sahara Sansar

Friday, February 25, 2011

विवाह भाँडिएपछि नेपाली सेनाका जवान वेहुलीको खोजीमा गाउँ-गाउँ पसे

कूल तामाङ्
फागुन १३ नुवाकोट। दोस्रो विवाह गर्न जन्ती सहित बेहुलीको घर पुग्दा विवाह भाँडिएपछि गेर्खुका नेपाली सेनाका जवान वेहुलीको खोजीमा गाउँ गाउँ पसेका छन् । ढाँटेर दोस्रो विवाद गर्न जिलिङ गाविस वडा नं २ पुगेका गेर्खु गाविस वडा नं १ माझगेर्खुका नेपाली सेनाका जवान नारायण न्यौपानको विवाह भएको जानकारी पाएपछि केटी पक्षले त्यहाँबाट लखेटेको हो ।

तीन वर्षअघि फिकुरी गाविसकी सरस्वती अधिकारीसँग विवाह गरेका नेपाली सेनाको भवानी वक्सगणमा बुटवलमा कार्यरत न्यौपानेको श्रीमतीसंग सम्वन्ध नराम्रो भएपछि विहीवार उनी जन्तीसहित जिलिङ पुगेका थिए ।

पहिलो श्रीमति सरस्वती नै दोस्रो विवाह गर्न लागेको जग्गेमा पुगेर वास्तविकता खोलेपछिविवाह भाँडिएको थियो । वुटवल स्थित नेपाली सेनाको भवानी वक्स गणमा कार्यरतन्यौपानेको पहिलो सन्तानका रुपमा दुई वर्षिया एक छोरी समेत छिन् । एक ठाउँबाट भगाएपछि फेरि राति नै अर्को ठाउँमा विवाहको तयारी गरेको बताउँदै युवा माधव गजुरेलले उनीहरु जसरी पनि विवाह गरिछाड्ने भन्दै गाउँ पसेको बताउनुभयो ।

आफन्तका साथ सानो समूहमा दुलही लिन निस्केका न्यौपानेको विवाह भइसकेको पुष्टी पछि टोली राति नै जिलिङकै अर्को गाउँमा पुनः अर्को केटीसँग विवाहको तयारी गरेको थियो । त्यो विवाह पनि स्थानीय युवाहरुले भाँडिदिए पछि उनीहरु दोस्रो विवाह गरीछाड्ने भन्दै दुईपिपल, रातमाटे लगायतका गाउमा केटी खोज्दै हिँडेका छन् ।

सामाजिक मान्यता अनुसार विवाहमा साईतगरी दुलही लिन निस्कदा दुलही नलिई घर फर्कन नहुनेरीतीलाई अनुसरन गदै न्यौपाने परिवार गाउँ पसेको हो । न्यौपानेको श्रीमती सरस्वती भने सामाजीक न्याय माग्दै सदरमुकाम विदुरमा न्यायको खोजीमा हिड्नुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae