Sahara Sansar

Wednesday, February 23, 2011

महिला पनि विद्युत् जडान तालिम लिँदै


अनिता केसी फागुन ११ पर्वत । घरमा पुरुष नहुँदा विद्युत्सम्बन्धी समस्याले सताउन थालेपछि पर्वतको माझफाँट गाउँ विकास समितिका महिलाहरु आफै विद्युतसम्बन्धी तालिम लिन कस्सिएका छन् । घरमा बत्ती बाल्न जडान गरेको विद्युत्सम्बन्धी ससाना समस्याले पनि धेरै गाह्रो बनाएपछि महिलाहरु सामुहिक रुपमा विद्युत् जडानसम्बन्धी तालिम लिन थालेका हुन् । विद्युत् जडान तालिमपछि घरमा आईपर्ने विद्युत्सम्बन्धी सामान्य समस्याका लागि पनि गाउँका पुरुषलाई गुहार्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास उनीहरुमा छ । महिलाहरुकै अगुवाईमा पर्वत जिल्लामा नै पहिलो पटक महिलाका लागि विद्युत् जडानसम्बन्धी तालिम सञ्चालन गरिएको हो । नारी चेतना केन्द्र माझफाँटले गाउँ विकास समितिको सहयोगमा तालिम सञ्चालन गर्दै आएको छ । यसअघि विद्युत् जडानसम्बन्धी तालिममा पुरुषहरु मात्र सहभागी हुन्थे । महिलाले पनि गर्न सक्छन स्थानिय अनिता खत्रीले भन्नुभयो –‘खतराको काम पुरुषले गर्ने महिलाले गर्न नहुने भन्ने छैन। विद्युत् जडान तालिम लिनेमा धेरैजसो विवाहित महिलाहरु छन् । श्रीमान् विदेशमा भएकोले घरमा धेरै समय बस्ने महिलाहरु नै तालिम लिएर आफ्नो समाधान समाधानका लागि अग्रसर देखिएका हुन् । उनीहरुले एक महिनामा विद्युत् जडानसम्बन्धी सामान्य जानकारी मात्र दिइने प्रशिक्षक राम श्रेष्ठ बताउनुभयो । बिजुलीको प्रयोग समेत महिला नै बढी गर्छन् । तत्काल काम चलाउन सहयोग पुरयाउने उद्देश्यले तालिमका लागि सहयोग गरिएको गाविस सचिव तिलोचन अर्यालले बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae