Sahara Sansar

Saturday, February 26, 2011

गुरुङ जागरण अभियान

राजेन्द्र न्यौपाने
  फागुन १४ गोरखा,। गोरखा जिल्लाका गुरुङ समुदायहरू जागरण अभियान लिएर उत्तरी गोरखातर्फ लागेका छन् ।

उत्तरी गोरखा तमु समाज (फुङ) को आयोजनामा समाजका अध्यक्ष वीर बहादुर तमुको नेतृत्वमा टोली उत्तर प्रस्तान गरेको हो ।उत्तरी गोरखाका १६ गाउँ विकास समितिमा गुरुङ जातिहरूको बसोबास रहेको छ ।

 ती गाउँ विकास समितिहरूमा भेला तथा सभा गरी गुरुङ समुदायको कला संस्कृति संरक्षणमा जागरण गराउने र संगठिन गर्न दबाब अभियान सुरू गरेको समाजका अध्यक्ष तमुले बताउनुभयो ।

आज दबाब अभियान सौरपानी गाउँ विकास समितिको बर्दीडाँडामा पुगेको छ ।

सो ठाउँमा भइरहेको भेलामा झाँक्रीगाउँ, भण्डारीगाउँ, सिङ्लाचे र जौवारी गाउाँ गुरुङ समुदायहरु सहभागि भएका छन् । आज टोली त्यहाँबाट गुम्दा तर्फ लाग्ने टोलीमा सहभागि राज गुरुङले जानकारी दिनुभयो ।

उत्तरी गोरखामा गुरुङ समुदायको बसोबास रहेपनि घले जाति छुट्टै जाति हुन भनेर गलत प्रचार हुन थालेपनि गृुरुङ समुदायको अभियान सञ्चालन गरेका हुन् ।

गुरुङ जाति भित्र लामा, लामिछाने, घले, गोदाने गरि चार थर हुने गर्दछ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae