Sahara Sansar

Saturday, February 19, 2011

नुवाकोट आदर्श बहुमुखी क्याम्पसले फागुन १०मा रजत जयन्ती मनाउदै


 फागुन ७  नुवाकोट । जिल्लाको एक मात्र स्नातकोत्तर तहको पढाई हुने नुवाकोट आदर्श बहुमुखी क्याम्पसले रजत जयन्ती मनाउन विभिन्न दश उपसमिति रहेको सचिवालय समिति गठन गरेको छ ।

२०४२ सालमा स्थापना भएको सो क्याम्पस २५ वर्ष पुगेको अवसरमा फागुन १० गते विविध कार्यक्रमका साथ रजत जयन्ती मनाउन लागेको हो ।

रजत जयन्ती सफल पार्न १० सदस्यीय सचिवालय समिति गठन गरेको आज क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्तलाल श्रेष्ठ संयोजकत्वमा  सचिवालय समिति, भरतराज अधिकारीको संयोजकत्वमा प्रचारप्रसार समिति, सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा स्मारिका प्रकाशन समिति, टलकमान श्रेष्ठको संयोकजत्वमा झाँकी तथा अतिथि सत्कार समिति,विजयमानसिंह डंगोलकको संयोजकत्वमा वातावरण तथा सरसफाई समिति निलमबाबु ढुंगेलको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ ।

यसैगरी, विभुषण श्रेष्ठको संयोजकत्वमा पुरस्कार वितरण समिति, दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप समिति नवराज अधिकारीको  संयोजकत्वमा साहित्यिक कार्यक्रम समिति र द्वारिका प्रसाद पाण्डेको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम समिति गठन गरेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae