Sahara Sansar

Monday, February 21, 2011

झमकलाई शङ्कर लामिछाने युवा पुरस्कार

 फागुन ९ काठमाडौं। महान साहित्यकार शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार यस बर्ष झमक घिमिरेलाई प्रदान गरिएको छ ।जन्मजात अपाङ्गता भएकी ३० बर्षिय झमकले नेपाली साहित्य क्षेत्रमा गरेको योगदानको कदर स्वरुप सो पुरस्कार दिएको शङ्कर लामिछाने निबन्ध समाजले जनाएको छ ।
झमकलाई रु २५,००० –(पच्चिस हजार) नगद सहित सम्मान पत्र प्रदान गरेको हो ।

सङ्कल्प कविता सङ्ग्रह २०५५ वाट नेपाली साहित्यमा देखा परेकी झमकका थुप्रै कविता सङ्ग्रह प्रकाशित भएका छन । त्यस्तै वेमौसमका आस्थाहरु तथा जीवन काँडा की फुल जस्ता उत्कृष्ठ निबन्ध प्रकाशित छन । वोल्न नसक्ने तथा हातले लेख्न नसक्ने झमकले सम्पूर्ण कृति खुट्टाले लेखेकी हुन्
।अपाङ्ग प्रतिभा पुरस्कार, जनसाँस्कृतिक युवा पुरस्कार, गोरखा दक्षिणबाहु जस्ता थूप्रै पुरस्कार हात पारी सकेकी झमकले भविष्यमा नोवेल पुरस्कार हात पार्न सक्ने सम्भावना रहेको संस्थाका सल्लाहाकार नरेन्द्र शार्माले बताउनु भयो ।

पुरस्कार समर्पण समारोहमा घिमिरेले आज म यो पुरस्कार पाएको मात्र होइन, जिम्मेवारी पनि लिएर जादैछु, यी कलमहरुले निरन्तर समय र युगको इतिहास लेख्नेछ, म युगलाई चाहन्छु, त्यसै अनुरुप लेख्छु, वोल्छु सारा गर्छु झमकलाई सम्झेर कहिल्यै पनि यो धर्तीले ग्लानीबोध नगरोस् भन्ने भन्ने धारण आफ्नो देव्रे खुट्टा मार्फत प्रस्तुत गरेकी थिईन ।

यो सम्मान झमकलाई दिन पाएकोमा संस्था आफै सम्मानित भएको र यो क्षण अविष्मरणिय रहेको संस्थाका अध्यक्ष मञ्जुलले बताउनुभयो ।

कार्यक्रममा लामिछानेकी धर्मपत्नी रत्ना लामिछाने, बरिष्ठ साहित्यकार डाः तारानाथ शर्मा, लक्ष्मी प्रसाद गौतम, गोपाल गुरागाई आदिले घिमिरेको गुणगान गाएका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae