Sahara Sansar

Friday, February 25, 2011

एस.एल.सी. तयारी तीब्र


 फागुन १३ गोरखा । चैत्र १० गतेदेखि हुने एस.एल.सी. परीक्षाको लागि जिल्ला शिक्षा कार्यलय गोरखाले आफ्नो तयारी तीव्र पारेको छ । जिल्लामा उत्तर पुस्तिका आईसकेको र परीक्षा केन्द्र गतसालकै कायम गरिएको जिल्ला शिक्षा अधिकारी योगराज भट्टराईले बताउनुभयो ।
परीक्षा केन्द्र निर्धारण गर्दा विद्यार्थीको चाप र भौगोलिक अवस्थितिलाई प्रमुख आधार बनाइएको छ ।
एसएलसी परीक्षा समन्वय समितिको बैठक बसेर छिट्टै केन्द्राध्यक्षको निर्धारण भएको छ । यो वर्ष जिल्लाका नीजि र सामुदायिक गरी ८५ विद्यालयका ४ हजार ४ सय ८६ विद्यार्थी परीक्षामा सहभागी हँुदैछन् । ती मध्ये ४ हजार ३ सय १६ जना नियमित र एकसय ७० जना एकजाम्टेड समूहका परिक्षर्थी रहेको जिल्ला शिक्षा कार्यलय गोरखाका परीक्षा शाखाका एक कर्मचारीले जानकारी दिनुभयो ।
 
यो वर्ष माध्यमिक अनुमति पाएका थप छ वटा विद्यालय पनि एस.एल.सी.मा सहभागि हुने जिल्ला शिक्षा कार्यलयका भूमि सुवेदीले बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae