Sahara Sansar

Wednesday, February 23, 2011

प्लटिङको लहर की चुनौती


एन. पी. रिजाल ।
नेपाल गाउँ गाउँले भरिएको देश हो किनभने ८००० जनता गाउँमा बसोबास गर्ने गर्दछन भने बाँकी २००० जनता सहरी क्षेत्रमा बसोबास गर्ने गर्दछन् । विगतमा विविध कारणहरुले गर्दा नेपालका ग्रार्मीण ईलाकाहरु सहरीकरणको प्रक्रियामा जान सकेनन् ।


 नेपालमा जनसङ्ख्या कम थियो भने अक्रोतिर यातायतका साधनहरुको सुविधा थिएन, सञ्चार सुविधाको अभाव, अशिक्षा र पूँजीमाथि जनताको पहुँचको अभाव जस्ता कारणहरुले गर्दा गाउँ र पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरु सहर र तराईतर्फ कम मात्रामा आकर्सित हन सके । तराईमा औलो उन्मुलन भएपछि मात्र पहाडबाट मानिसहरु तराई बसाई सर्न थालेको पाईन्छ । तर अहिले समयले कोल्टे फेरेको अवस्था छ । 


देशका कयौ गाउँहरु आज सहरोन्मुख रुपमा परिणत भईरहेका छन् । स्थापित भएका साना र ठूला सहरहरुमा जनचाप तिब्र रुपमा बढेर गईरहेको छ । सहरी क्षेत्रमा रोजगारको प्रयाप्त अवसर, शिक्षा आर्जनमा सुविधा, स्वास्थ्य सुविधा साथसाथै भौतिक पूर्वाधारहरुमा हुन सक्ने पहुँचले सहरी क्षेत्रमा जनचाप बढनु स्वभाविक नै हो । 


यसले सहरी क्षेत्र र सहरोन्मुख सम्भावना बोकेका ग्रामीण क्षेत्रहरुमा आवासको लागि जग्गाको माग पनि बढेर गयो । यही मागले यस्ता क्षेत्रहरुमा प्लटिङ गर्ने योजनाहरु र आवास योजनाहरुको विकासको लागि उत्प्रेरणाको काम गरेको देखिन्छ ।


विगतमा राजनीतिक अथ्थिरता कायम रहेको स्थितीमा देशमा आर्थिक रुपान्तरको प्रक्रियाले गति लिन सकेन । दीगो रुपमा सरकारी लगानीको अभाव देशमा देखा पयो ।कुनै पनि अर्थतन्त्रको प्रभावकारी मागलाई तिव्र रुपमा वृद्घि गर्न सरकारी लगानीले प्रभावकारी भूमिका खेल्ने गर्दछ । 


नीजि क्षेत्रबाट हुन सक्ने लगानीको उत्प्रेरणाका लागि पनि सरकारले भौतिक पूर्वाधाारको विकासका लागि वातावरणको सिर्जनामा जुन रुपमा लगानी गर्नु पर्ने थ्यो त्यो गर्न नसक्दा उत्पादनमूलक क्षेत्रमा नीजि क्षेत्रसँग विद्यमान पूँजीको पनि सही सदुपयोग हुन सकेन र स्टकको रुपमा रह्यो । देशलाई औद्योगिकरण तर्फ दिशानिर्देश गर्न पनि सकिएन ।


 कृषि क्षेत्रमा ७५०० भन्दा जनताको सम्लग्नता छ जुन निर्वाहमुखी पेसाको रुपमा रहेको छ । अल्पबेरोजगारी र मौसमी बेरोजगारी समस्या पनि बढिरहेको छ । यी विगत र वर्तमानका समस्याहरु विद्यमान रहेको परिस्थितिमा पनि पछिल्लो समयमा आएर नेपाली उपभोक्ताहरुको जीवन शैलीमा परिवर्तन देखा परेको छ ।


 कृषि पेशाबाट बिस्तारै अन्य पेशामा सम्लग्न हुन थालेको नेपाली जनताहरुमाझ जग्गाको माग खेती गर्न भन्दा पनि एउटा राम्रो बसोबासका लागि थोरै रुपमा भए पनि जग्गा किन्ने लहर चल्न थालेको छ ।

नेपालमा सम्पन्न वर्गहरुको पहुँत जग्गामा सजिलैसँग हुने गरेमो अवस्था छ तर सबैभन्दा बढी रहेको मध्यम वर्ग र निम्न वर्ग जो सँग आफ्नो व्यक्तिगत जमिन छैन त्यस्ता वर्गहरुलाई प्लटिङ योजनाले समेट्न खोजेको देखिन्छ ।


 निम्न वर्गका जनताहरु पनि वैदेसिक रा्जगारको पहुँचभित्र रहेका र मध्यम वर्ग जोसँग कम स्थरमा पूँजी छ त्यस्ता उपभोक्ताहरुका लागि प्लटिङ योजना सुविधा सम्पन्न स्थानमा जग्गाको पहुँच वढाउने माद्यम बनेको हो । रेमिट्यान्सबाट आएको रकमले धेरै खेती योग्य जग्गा खरिद गर्न नसक्ने अवस्था छ त्यस्ता उपभोक्ताहरु सानो रुपमा भए पनि भिटा खरिद गर्न रुचाँउदछन ।


 प्लटिङ योजनाल उनीहरुको पहुँच पनि सहज भएको छ । अर्कोतिर, ठूलो सहरमा लगानी गर्न नसक्ने र खेतीयोग्य जमिनमा पनि प¥याप्त लगानी गर्न नसक्ने उपभोक्ताहरुका लागि ग्रार्मीण स्थरमा आएको प्लटिङ योजना लाभदायक बनेका छन ।

नेपालमा पर्याप्त लगानीका अवसर र त्यसका लागि आवथ्यक पर्ने उचित वातावरणको अभाव नभएको स्थितीमा सुरक्षित र छिटो लगानी गर्ने क्षेत्रको रुपमा प्लटिङमा गर्ने लगानी बनेको छ । जग्गा खरिदमा लगानी गर्दा नोक्सान नहुने तर यसको माग बढ्ने कुरामा कुनै प्रश्न नै नभएको वर्तमान परिस्थितिमा यसबाट दीर्घकालमा लाभ लिन सकिने अत्याधिक सम्भावना रहेको छ । यसले गर्दा पनि मानिसहरु प्लटिङ गरिएका जग्गा खरिदमा लगानी गर्ने थाले । 


सहरीकरण तर्फ उन्मुख ग्रामीण क्षेत्रहरु र सहरहरुमा गरिने प्लटिङ योजनाले त्यस्ता क्षेत्रहरुको बसोबासलाई व्यवस्थि गर्ने काम गरेको देखिन्छ । यस्ता योजनाहरुले जग्गालाई योजनाबद्घरुपमा बसोबासका लागि उपयुक्त पूर्वाधार सहित तयार गर्ने गर्दछन् । 


सरकारले घर कस्तो प्रकारको बनाउने न स्पष्ट मापदण्ड ल्याएको छन सर्वसाधारण जनताको पहुँच पुग्ने गरी आवास योजनाहरु ल्याउन नसकिरहेको परि स्थितिमा नीजि स्थरबाट आएको प्लटिङ योजनाले केही रुपमा भए पनि व्यवस्थित योजना ल्याउन खोजेको छ । देशको आर्थिक रुपान्तरणका लागि नीजि क्षेत्रले गरेको यो प्रयासलाई सरहना गर्नु पर्ने देखिन्छ ।

विगत ५६ वर्षमा उच्च स्थरमा मौलाएको यस जग्गा कारोवार अहिले केही सुस्त भएको छ । विगतमा माओवादी जनयुद्घका दौरानमा ग्रार्मीण क्षेत्र तथा पहाडी क्षेत्रबाट मानिसहरु सहर र तराई तर्फ पलायन भए । गाउँमा फर्कन सक्ने वातावरण नभएको त्यस परिस्सिथतीमा सहरी क्षेत्रहरुमा र सदमुकाम क्षेत्रमा जग्गाको माग बढेको थियो । 


यसका साथै विगतमा बैङ्कहरुले आफ्नो लगानीको ठूलो हिस्सा रियल स्टेटमा लगानी गर्ने गथ्र्यो । त्यसकारण बैङ्कबाट ऋण लिएर जग्गा खरिद गर्ने व्यवसाय केही रुपमा बढेको थियो । यसले पनि यस कारोवारलाई प्रोत्साहन गर्ने काम गयो तर राष्ट्र बैङ्कले पछिल्लो समयमा ल्याएको रियल स्टेटमा गर्ने लगानी सम्बन्धी नीतिले यस क्षेत्रमा गरिने लगानीमा रोक लगायो । परिणाम स्वरुप प्लटिङका जग्गाहरु बिक्रीमा पनि सुस्तता आयो ।


 विश्वमा आएको आर्थिक मन्दीले नेपाल भित्रने विप्रेषणको स्थरमा प्रभाव पर्न नसके पनि त्यसबाट आउने रुपयाँ महङ्गा सहरी प्लटिङमा लगानी हुन सक्ने सम्भावना ज्यादै कम छ । किनकी, भारत, खाडी देशहरु र मलेसियामा गएका श्रमीक नेपाली कामदारहरुले पठाएको पैसाको स्थर न्युन रहने कारण यस्ता क्षेत्रमा लगानी हुन सक्दैनन् । साथै २०६२/०६३ सालको जनआन्दोलन र संविधान सभा निर्वाचन मार्फत माओवादी विधिवत रुपमा राजनीतिक मूलधारमा आएपछि पहाडी र ग्रार्मीण क्षेत्रमा सुरक्षित वातावरण भयो साथै गाउँ गायँमा यातायात, सञ्चार, शिक्षाका क्षेत्रमा भएको
प्रगतिले पनि मानिसहरुको सुविधा सम्पन्न क्षेत्रको खोजी गरी बसाई सर्ने क्रम कम भएको छ ।

विगतमा निकै चल्तीमा कारोबार भएको तर अहिले केही सुस्त रुपमा रहेको यस जग्गा प्लटिङ नेपालमा अहिले जुन रुपमा भईरहेको छ यसले केही चुनौतीहरु पनि सिर्जना गरेको छ । व्यवस्थित रुपमा जग्गाको योजना बनाएर व्यवस्थित बसोबासको योजना लागु गर्नु सही हो तर यसो गर्दा यसले सिर्जना गर्न सक्ने आर्थिक र वातावरणीय पक्षहरुलाई पनि राम्रोसँग विचार पु¥याउनु पर्ने हुन्छ । प्लटिङ गर्दा कतिपय भौगोलिक संरचनाहरुलाई परिवर्तन गरिन्छ । 


अग्ला ठूला ढिस्काहरुलाई सम्याउने, पानीको मुहानको स्रोत भएका दलदल विशेष गरी तराईका क्षेत्रहरुमा नयाँ ठाउँबाट माटो ल्याएर पुर्ने काम गरिएको छ । यस्ता कार्यहरुले पानीको मुहानको रुपमा रहेका दलदल क्षेत्रबाट पानीका मुहानहरु सदाका लागि विस्थापित पनि हुन सक्दछन । 


यसबाट पानीको स्रोत सुकेर जाने गर्दछ । नेपाल जल्रस्रोतमा धनी भए पनि तराईका कयौ भूभागहरु सिचाँई सुविधाबाट बँचित रहेका छन् । यसरी पानीको प्रमुख स्रोतका रुपमा रहेका यस्ता दलदल क्षेत्रहरुमा गरिने प्लटिङले पानीको स्रोत गुम्न जाने देखिन्छ । किनकी, त्यसलाई पनि सदुपयोग गर्ने खाल्को प्रविधि प्रयोग गएिको देखिदैन । यस कार्यले सिचाईको सुविधा दिएरहेका स्थानहरुमा समस्या र्सिजना हुने देखिन्छ ।

दीर्घकालिन सोच बनाएर जग्गाको सही ढङ्गले सदुपयोग गर्नु अति राम्रो कुरा हो तर प्लटिङ गरी योजनावद्घ बसोबास गर्ने नाममा उत्पादनशिल जमिनको प्रयोग भईरहेको छ यसबाट कृषि उत्पादनका लागि सक्भावना बोकेृका योग्य जमिनहरुको हिस्सा क्रमश घटेदै गईरहेको छ । त्यसको विकल्पको रुपमा सुख्खा र कम उत्पादनशिल जमिनलाई प्लटिङ गरी आवास योजनामा सदुपयोग गर्नु पर्ने हुन्छ । यसो गर्दा भूमिबाट दीगो रुपमा कृषि उपज लिएरहन सकिन्छ भने सुख्खा जमिनको पनि सदुपयोग हुने देखिन्छ । 


प्लटिङ व्यवस्थाले जुन रुपमा जमिनको मूल्य बढेर गएको छ त्यही रुपमा निम्न वर्गका मानिसहरु पुन जमिनका पहुचबाट बञ्चित भएको स्थिती छ । प्लटिङ व्यवसायले थोरै पैसा हुने उपभोक्ताहरुलाई आफ्नो क्षमता अनुकुलको जग्गा खरिदमा पहुँच त बनायो तर यसले वास्तविक रुपमा भूमिमाथि हुनु पर्ने लक्षित वर्गको पहुँचलाई पुन टाढा बनाएको स्थिती छ ।


 मूल्य वृद्रिसंगै आय स्थर बढन नसकेका आम उपभोक्तहरुले बचत गरेको थोरै रकमले चार कोठे पक्की घर बन्न सक्ने प्लटिङका जमिन किन्न सक्ने योजनाहरु आएनन् । सहरी क्षेत्रमा नभए पनि भविष्यमा सहरीकरणका सम्भावनाहरु बोकेका ग्रार्मीण इलाकाहरुमा पनि व्यवस्थित रुपमा प्लटिङमा योजनाहरु ल्याउन सकिन्छ तर लक्षित वर्गलाई जग्गाको पहुँच पुर्याउने हो भने यस्ता योजनाहरु सरकारी स्थरबाट आउनु पर्दछ । किनकी, यो कार्य निम्न वर्गका आम जनताको जीवन स्थरमा परिवर्तन ल्याउने सरकारी योजनासंग जोडिएको प्रश्न हो ।


 यो कार्य कम लाभदायक छ र प्रतिफल लामो समय पछि देखिने हुनाले नीजि क्षेत्र यस्ता योजनामा सम्लग्न हुन चाँहदैनन् । तर पनि सरकारले लक्षि वर्गलाई समेट्नु पर्ने नीति जग्ग व्यवसायका लागि ल्याउनु पर्छ । जग्गालाई आवासको रुपमा व्यवस्थित गर्न गरिने प्लटिङ व्यवसायमा जुन स्थरमा ढल निकास, बाटो, पानी, विजुली, पार्किङ इत्यादिको प्रवन्ध गर्नु पर्ने हो त्यो नभई राखेको स्थिती छ भने अर्कोतिर जग्गा व्यवस्था गरिए अनुसारका घरहरु पनि बनेका देखिदैनन् । भूकम्प मापदण्ड प्रयोग गरिएको छ छैन त्यसको अनुगमन पनि प्रभावकारी रुपमा गरिएको पाँईदैन । यी प्लटिङ योजनाहरु दीर्घकालिन दृष्टिकोणबाट हेर्दा प्रभावकारी देखिदैनन् ।

घर जग्गाको कारोवारमा गरिएको बैङ्किङ क्षेत्रको लगानीले कुनै स्थर सम्म मात्र प्रतिफल दिन सक्दछ तर त्यसपछि मन्दी आउने कुरा विगतमा समय समयमा अर्थतन्त्रमा देखा परेका आर्थिक मन्दीहरुले देखाईसकेको छ । लगानी डुब्न गएको पूँजीलाई उत्पादनशिल क्षेत्रमा प्रयोग गरी रोजगारी सिर्र्जनाबाट समग्र अर्थतन्त्रमा प्रभावकारी मागको सिर्जनाबाट आएको जग्गाको मागलाई व्यवस्थित गर्नु सान्दर्भिक देखिन्छ । किनकी, उच्च स्थरमा पुगेको आर्थिक संरचनालाई स्थिर अवस्थामा राख्न असफल भयो भने त्यसले अन्य संरचनाहरुलाई पनि तहसनहस पार्ने छ ।


 वर्तमान समयमा नेपाल राष्ट्र बैङ्कले ल्याएको रियल स्टेटमा गर्ने बैकको लगानी २०मात्र हुनु पर्ने नीतिले प्लटिङ र आवास योजना प्रभावित भए पनि रेमिट्यान्स र स्थानीय उपभोक्ताको स्थरलाई लक्षित योजनाहरु ल्याउन सकिन्छ । जस्तो इलामका अलैची उत्पादक कृषकहरु प्लटिङका राम्रा उपभोक्ता हुन सक्दछन् । यसरी वैकल्पिक स्रोत जुटाउन सकिए प्लटिङ व्यवसायलाई पुन अगाडी बढाउन सकिने सम्भावना छ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae