Sahara Sansar

Wednesday, February 23, 2011

८० हजार निरक्षर महिला तथा पुरुषलाई साक्षर बनाउने

कूल तामाङ्
 फागुन ११ नुवाकोट। सरकारले यस वर्ष नुवाकोट जिल्लाका ८० हजार निरक्षर महिला तथा पुरुषलाई साक्षर बनाउने भएको छ ।

नुवाकोटको  विदुर नगरपालिका र ६१ वटै गाविसमा तेश्रो चरणको साक्षरता अभियान सञ्चालन गरी ८० हजार निरक्षकलाई साक्षर बनाउने लक्ष्य राखेको जिल्ला शिक्षा कार्यालय नुवाकोटले जनाएको छ ।

निरक्षर उन्मुलनका सरकारले सञ्चालन गर्न लागेको साक्षरता अभियानको तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । आगामी चैत १ गतेदेखि सञ्चालन हुने तेश्रो चरणको साक्षरता अभियानमा १५ वर्षदेखि ६० वर्षसम्मका निरक्षर महिला, पुरुषहरुको सहभागिता रहने जिल्ला शिक्षा अधिकारी यमबहादुर केसीले केसीले बताउनुभयो ।

निरक्षरहरुलाई स्रोत केन्द्रस्तरमा जनसंख्याको आधारमा न्युनतम् ५ देखि ६, ७ र २२ कोटा निर्धारण गरी साक्षरता स्वयंसेवकमार्फत अध्यापन गराइने उहाँले बताउनुभयो । यसअघि, २०६६ मा पाँचसय ८२ र २०६५मा एकहजार पाँचसय २४ कोटा निर्धारण गरी निरक्षरलाई अध्यापन गराइएको थियो ।

वितरित साक्षरता अभियानको कोटा मध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा निरक्षर तीन हजार ६६ जना महिलासहित चारहजार एक सय आठ जनाको लागि २२ कोटा निर्धारण गरिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae