Sahara Sansar

Saturday, February 26, 2011

जनप्रेमी युवा क्लव प्रथम

राजेन्द्र न्यौपाने
 फागुन १४ गोरखा । माओवादीले जनयुद्ध शुरु गरेको १६ वर्ष पुगेको अवसरमा आज दील बहादुर रम्तेलको शहादत भएको दिन उहाँकै गाउँमा आयोजित भलिबल प्रतियोगितामा जनप्रेमी युवा क्लव प्रथम भएको छ ।

 कुल पाँच टिम सहभागि उक्त खेलमा जनसेवा युवा क्लव तान्द्राङ द्धितिय, शान्ति उच्च मा.वि.वगुवा तृतीय भएका छन् । यसै गरी विन्द्रावती उच्च मा.वि. मसेल र साहारा युवा क्लव देउराली सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

 प्रथम सहित दील बहादुर रम्तेलका बुवा सेते रम्तेलको अध्यक्षतमा भएको उक्त खेलको आयोजना गणतान्त्रीक खेलकुद महासंघ गोरखा र जनप्रेमी युवा क्लव पन्द्रुङले गरेको थियो ।

 कार्यक्रममा विजयी टिमलाई एकीकृत नेकपा माओवादीका इलाका सेक्रेटरी एवं कार्यक्रमका प्रमुख अतिथि विनोद पाण्डेको हातबाट प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।

 विद्यार्थी नेतृ आशा तमु, गणतान्त्रीक महासंघका अशोक तामाङ,सहकारीका खिलाप्रसाद पनेरु लगायतले खेलकुदका बारेमा मन्तव्य राख्नुभएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae