Sahara Sansar

Sunday, February 27, 2011

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

न्युयोर्कस्थित बंगलदेश मिसनले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर फेव्रुअरी २१ तारिख एक कार्यक्रम सम्पन्न गर्यो ।

उक्त अवसरमा बंगलादेश, नेपाल र श्रीलंकाका संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिहरु क्रमशः एच इ मोहिन, ज्ञानचन्द्र आचार्य र पलिथा कोहनाले आ(आफ्नो देशकातर्फबाट सहभागीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो भने भारतकातर्फबाट संयुक्त राष्ट्रसंघका लागि प्रथम सचिव विजय कुमार र युनेस्कोका निर्देशक फिलिपले पनि अन्तर्राष्ट्रिय मातृभाषा दिवसका बारेमा बोल्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा श्रीलंका, भारत, नेपाल, बंगलादेश तथा फिलिपिन्सका कवि तथा गायकहरुले समेत आ(आफ्ना कविता तथा गीत(संगीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नीलम कार्की निहारिका र मणि बाग्देलले पनि नेपालको तर्फबाट सहभागीता जनाउँदै आ(आफ्नो कविता वाचन गर्नुभएको थियो ।
नेपाली पोष्ट प्रतिनिधि 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae