Sahara Sansar

Saturday, February 26, 2011

दलित र गरिबको विरुद्धमा लाग्न काँग्रेस नेताको व्हीप

गोरखा सम्वाददाता
 फागुन  १४ गोरखा  । नेपाली काँग्रेसका सभासद जीवनप्रेम श्रेष्ठले नेपाली काँग्रेस ठगाीखाने बर्गको पार्टी भएकोले दलित र गरिवका विरुद्ध लाग्नु पर्ने बताउनुभएको छ ।

गोरखा जिल्लामा फागुन १० गते महेन्द्र्रज्योति उच्च मा.वि. स्वर्णमहोत्वस उद्घाटन गरेर जिल्लाको बक्राङ गाउँ विकास समितिको कुसुण्डे गाउँमा भएको जाँडपाटीमा उहाँले सो कुरा बताउनुभएको हो ।

काँग्रेससँग धेरै पैसा भएको कारण यो पार्टीमा गरिवहरुको कुनै स्थान नरहेको उहाँले बताएको कुसुण्डेबाट टेक बहादुर थापाले जानकारी दिनुभयो । काँग्रेसका नेताले गाउँमा आएर यति अपशब्द पनि बोल्दा रै छन मैले पहिलो पटक सुने साच्चै काँग्रेस गरिवको पार्टी रहेनछ उहाँले भन्नुभयो ।

मनकामना जोड्ने मोटरबाटो आफ्नो बारीलाई केन्द्रविन्दु बनाएर लगे राज्यकोषको पैसा पार्न सहयोग गर्ने आश्वासन दिँदै उहाँले गाउँमा रहेका दलित र गरिवहरुलाई पैसा दिएर आफ्नो बनाउन आग्रह गर्नुभयो ।

 १३÷१४ वर्ष सम्म कमाएको धनसम्पती नेपाली काँग्रेससँग धेरै छ हामी भोकानाङ्गाहरुलाई केही समयका लागि किनेर प्रयोग गर्नसक्छौं भन्दै उहाँले आवश्यक पर्दा आफुले सहयोग गर्ने बताएको धु्रव पन्तले जानकारी दिनुयभो ।

गरिवहरुका बस्ती र किसानहरुका बस्तीमा बाटो पु¥याउनु राम्रो हुँदै भन्दै उहाँले जंगलबाट बाटो लैंजादा राम्रो हुने धारणा राख्नुभयो । जंगल जति सखाप भयो हामीलाई उत्ती नै फाइदा हुन्छ भन्दै कसैले जंगल बचाउने कुरा गरे सकेको कारवाही गर्न उहाँले निर्देशन समेत दिनुभएको स्थानीयले बताएकाछन् । झण्डै एकदर्जन कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उहाँले अपराधीक क्रियाकलापका लागि नेपाली काँग्रेसले बक्राङमा लगानी गर्न चाहेको र त्यो आफैले गर्ने बताएको उनका सक्रिय कार्यकर्ताले जानकारी दिएका छन् ।

 नेताको आदेश मानेर काम गर्दा आफ्नै जीवन धराप परेको भन्दै नेताको कुकामको निर्देशनका बारेमा मिडियमा प्रचार गर्नुपर्ने सो स्थानका स्थानीयहरुले बताएका छन् ।  काँग्रेसको तर्फबाट सभासद समेत रहेका नेता श्रेष्ठको नेतृत्वमा केही समय अघि गाउँका १२ घरहरु ध्वस्त पारिएको थियो भने ओछ्यानमा सुतिरहेका सयौं मानिसहरुलाई खुकुरी हानिएको थियो ।

दोषिलाई प्रहरीले पक्राउ गरेपनि श्रेष्ठले आफ्ना इमान्दार कार्यकर्ताहरुलाई छोड्न भन्दे प्रहरीमा दवाव दिएका थिए । नेपाली काँग्रेसको अपराधीक चरित्रका कारण शान्ति प्रक्रियामा बाधा पुगिरहेको बेला सभासदको क्रियाकलापले नेपाली काँग्रेस देश र जनताका विरुद्ध र शान्ति र संविधानका विरुद्ध रहेको प्रमाणित भएको छ   ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae