Sahara Sansar

Thursday, February 24, 2011

हिंसा मच्चाएको भन्दै कर्णेल गद्दाफीको सरकारको कडा शब्दमा भर्त्सना

फागुन १२ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिवियाको प्रदर्शनमा हिंसा मच्चाएको भन्दै कर्णेल गद्दाफीको सरकारको कडा शब्दमा भर्त्सना गरेका छन् ।

 यसअघि विदेशमन्त्री हिलेरी क्लिंटनले लिवियाको हिंसाप्रति तिव्र आलोचना गर्दै गद्दाफीले तुरुन्त सत्ता छाड्न माग गरेकी थिइन्। ओबामाले अमेरिका लिवियाको राजनैतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको समेत उल्लेख गरेका छन्। कर्णेल गद्दाफीले राष्ट्रका नाममा सम्बोधन गर्दै आफू कुनै पनि हालतमा राजिनामा नदिने अडानमा रहेको दोहोर्‍याएपछि ओवामाको यस्तो भनाई सार्बजनिक भएको हो।

लिवियामा विगत ४१ वर्षदेखि शासन गर्दै आएका नेता कर्णेल गद्दाफीको राजिनामाको माग गर्दै प्रदर्शनकारीहरुले विरोध प्रदर्शनलाई जारी नै राखेका छन्। देशको प्रमुख शहरहरुमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको बुधवारको भिडन्तमा मात्र दर्जनौ मानिसहरुको मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae