Sahara Sansar

Wednesday, February 9, 2011

संसद बैठक लगातार आज पनि स्थगित

सुशील पन्त
 माघ २६ काठमाण्डौ। मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएपछि व्यवस्थापिका संसदको बैठक आज पनि सूचनामार्फत स्थगित गरिएको छ । संसद बैठक संचालनका लागि सरकारका एकजना मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने भए पनि मन्त्रीमण्डल गठन भइनसकेका कारण संसद भोलि दिउसो तीन बजे सम्मका लागि स्थगित गरिएको हो ।

 यसअघि प्रधानमन्त्री झलनाथ खनालले आज संसदमा संवोधन गर्ने कार्यक्रम तय गरिएको थियो । प्रधानमन्त्रीको संवोधन गर्ने तयारी भएपनि विशेष कारणवस आजको बैठक स्थगित गरिएको एमाले प्रमुख सचेतक भीमप्रसाद आचार्यले जानकारी दिनुभयो ।  सोमबारको बैठक पनि सूचनामार्फत स्थगित गरिएको थियो । यसअघिको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट आगामी हप्ताभित्र पारित गर्नुपर्ने संवैधानिक प्रावधान छ । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae