Sahara Sansar

Friday, February 25, 2011

माओवादीले जाली तमसुक गरेर एमालेलाई फसाउन खोज्यो: केपी ओली



फागुन १३ पर्सा । नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीले सात बुँदे सहमतिको नाममा एमालेलाई जाली तमसुक गर्न लगाएको आरोप लगाउनु भएको छ । पर्साको वीरगन्जस्थित नेश्नल मेडिकल कलेजमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ओलीले यस्तो आरोप लगाउनु भएको हो।


सात बुँदेको नाममा माओवादीले देखाएको उदारता डरलाग्दो र षडयन्त्रपूर्ण भएको भन्दै ओलीले जाली तमसुक जस्तो गरी झुक्काएर सहमति गरेर माओवादीले लोकतन्त्रमा षडयन्त्र गरेको बताउनु भयो ।

कुर्सीको लागि माओवादीले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै नेता ओलीले लोकतन्त्रको नाममा षड्यन्त्र भए कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने स्पष्ट पार्नुभयो । मोलतोलको राजनीति छोडेर बहुदलीय प्रतिस्पर्धामा आउन उहाँले माओवादीलाई सुझाव पनि दिनुभयो ।

जनसेना र हतियारको टुङ्गो नलागेसम्म माओवादीलाई गृह र रक्षा मन्त्रालय नदिने एमालेको बटमलाईन रहेको भन्दै उहाँले सात बुँदे सहमतिलाई एमालेले अनुमोदन गरिसकेकाले यस विषयमा बखेडा झिक्नुको कुनै अर्थ नरहेको बताउनु भयो ।

दलहरुबीच विश्वास र सहकार्य आवश्यक रहेको बताउँदै अहिलेकै अवस्था कायम रहे बाँकी तीन महिनाको अवधिमा शान्ति र संविधानले पूर्णता पाउन नसक्ने ओलीको ठोकुवा छ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae