Sahara Sansar

Tuesday, February 22, 2011

वाम दलहरुले कम्युनिष्टको सिद्धान्त र नाम बदनाम गरे: उपेन्द्र यादव

 फागुन १० बारा। मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका वाम दलहरुले कम्युनिष्टको सिद्धान्त र नामको बदनाम गरेको आरोप लगाउनुभएको छ ।   कलैयामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो आरोप लगाउनुभएको हो ।

अध्यक्ष यादवले  नेकपा एमालेको अवसरवादी चरित्रले देश दुर्घटनामा फँस्ने चेतावनी दिदै एमाले भित्रका केही महत्वाकांक्षी नेताहरुको कारण राजनीतिक गतिरोधले निकास पाउन नसकेको पनि आरोप लगाउनुभयो ।  उहाँले नेपालका बाम पार्टीहरु साईन बोर्डभन्दा बढी नभएको उल्लेख गर्नुभयो ।

अध्यक्ष यादवले मुलुकलाई निकास दिन कुनै दुई दलबीच मात्र नभई वाम,लोकतान्त्रिक र मधेशी दलहरुको संयुक्त मोर्चा हुनुपर्ने बताउनुभयो । उहाँले माओवादी र एमालेबीच भएको सात बुँदे गोप्य सम्झौताले मुलुक र शान्ति प्रकृयालाई धरापमा पार्ने चेतावनी दिदै सेना समायोजनको ढाँचा बिशेष समितिले तयार पार्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae