Sahara Sansar

Tuesday, February 22, 2011

खेलकुद प्रशिक्षकले सदस्य सचिवको राजिनामाको माग गर्दै आन्दोलन गर्ने

फागुन १० काठमाडौ । स्थायी गर्नु पर्नेमाग राख्दै आन्दोलन गरिरहेको खेलकुद परिषद मातहतका स्थायी नभएका खेल प्रशिक्षकहरुले तीन दिनभित्र आफूहरुको सात बुँदे माग पुरा नगरिए सदस्यसचिव हटाउन आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपालको खेलकुदमा देखिएको विवादको कारण र समाधानको उपायको विषयमा मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आन्दोलनरत प्रशिक्षकका तर्फबाट काजिमान श्रेष्ठले तीन दिनभित्र आफूहरुको माग पुरा नगरिए सदस्य सचिवको राजिनामा माग गर्दै आन्दोलन गर्ने र सदस्य सचिवले प्रयोग गरिरहेको सवारी साधन कब्जामा लिने चेतावनी दिए ।
मुलुकभरीका ७ सय ५१ प्रशिक्षक प्रशिक्षण लिएका प्रशिक्षकहरुले आफूहरुलाई पूर्वं प्रतिबद्धता अनुसार स्थायी
गर्नु पर्ने माग गर्दै विगत २० दिन देखि खेलकुद परिषद सहित क्षेत्रीय र जिल्ला खेलकुद विकास समितिमा तालाबन्दी गरेर आन्दोलन गरिरहेका छन् । श्रेष्ठले आफूहरुको माग जाय भएको भन्दै माग पुरा गर्ने ठोस प्रतिबद्धता नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिए ।
साक्षात्कारमा खेलकुद परिषदका सदस्य सचिव हरिबाबु चौधरीले खेलकुद क्षेत्रमा देखिएको समस्या समाधान हु
ने भए आफू राजिनामा दिन तयार भएको घोषणा गरे । उनले भने– मेरो राजिनामाले समस्या समाधान हुन्छ भने म यहि रिपोर्टर्स क्लबबाटै राजिनामा दिन तयार छु ।
सदस्य सचिव चौधरीले प्रशिक्षक प्रशिक्षण तालिम लिएका प्रशिक्षकहरुले स्थायी हुन पाउने पर्ने भनी राखेको माग जायज भए पनि सरकारले दरवन्दी थप नगरेकोले समस्या समाधान गर्न नसकिएको बाध्यता पोख्नुभयो । उहाँका अनुसार परिषदले १५ सय नयाँ दरवन्दी माग मन्त्रालयमा गरे पनि अहिलेसम्म त्यसमा ठोस निर्णय हुन नसकेकोले अवस्था गंभिर बनेको हो ।
उहाँले परिषदमा ५४ प्रशिक्षक र ४० सहायक प्रशिक्षकको दरवन्दी रिक्त रहेकोले अहिले त्यो भन्दा बढी लाई स्थायी गर्न नसकिने बाध्यता समेत बताए । खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलक्षेत्रमा कुनै योगदान नभएका मानिसहरुको भिड परिषदमा जम्मा गर्दा समस्या उत्पन्न भएको दावी गर्दै खेलकुद क्षेत्रलाई राष्ट्रको प्राथमिकताको सूचिमा पहिलो नम्बरमा नराखेसम्म समस्याको समाधान नहुने बताउनुभयो ।
थप दरवन्दीको विषय मन्त्री नहुँदा अडकेको भन्दै उहाँले थप दरवन्दी नदिए नेपालको खेलकुद क्षेत्र धरासायी भएर जाने चेतावनी दिनुभयो ।
उहाँले राजनीतिक दलहरुले खेल क्षेत्रमा राजनीतिक हस्तक्षेप र कार्यकर्ता भर्ती केन्द्र बनाउने परम्पराबाट मुक्त गर्नु पर्ने सुझाव पनि दिनुभयो ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष ध्रुबबहादुर प्रधानले खेलकुद क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नु प
र्ने भन्दै सरकारको नीति नै स्पष्ट नहुँद अहिलेको समस्या आएको बताउनुभयो । उहाँले आन्दोलनरत कर्मचारीको माग जायज भएको भन्दै सरकारले यो विषयलाई गंभिर रुपमा लिनु पर्ने बताउनुभयो । प्रधानले राष्ट्रले समयानुकुलको खेल नीति बनाएमात्र यस्ता समस्याको दिर्घकालिन समाधान हुने दावी गर्नुभयो ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले खेलकुद क्षेत्र मुलुकको प्रतिष्ठाको विषय भएकोले यो क्षेत्रमा
देखिएका समस्या तत्काल समाधान नगरिए मुलुकको प्रतिष्ठामै गंभिर आघात पर्ने भन्दै समस्यालाई सहमतिमा तत्काल समाधान गर्नु पर्ने बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae