Sahara Sansar

Thursday, February 24, 2011

माछाको उत्पादन नियमित बजारमा वितरण गर्न नसक्दा किसानहरु समस्यामा

कुल तामाङ्
 फागुन १२ नुवाकोट। जिल्लाको पहिचानको रुपमा विकास हुदै गएको ट्राउट माछाको मुल्य घटाउन किसानलाई विज्ञहरुले सुझाव दिएका छन् । किसानहरुले एकलौटी ढंगबाट ट्राउट माछाको मुल्य बढाएको भन्ने गुनासो आएपछि विज्ञहरुले पनि मुल्य घटाएर विक्रि वितरण गर्न सल्लाह दिएका हुन् ।

ककनीको दोभानमा माछा पालक किसानसंग भएको अन्तरक्रियामा सहभागीहरुले माछाको गुणस्तर कायम नराखेमा व्यवसाय नै संकटमा पर्ने समेत चेतावनी दिएका छन् । अहिले किसानहरुले ट्राउट माछा प्रतिकिलो १ हजार रुपैयादेखि १ हजार २ सय रुपैया सम्ममा विक्री गर्दै आएका छन् ।

माछा महंगो भएपछि अहिले विक्रीमा कमी आएको किसानहरु बताउँछन् । एककिलो माछा उत्पादन गर्दा ७ सय रुपैया खर्च हुने जानकारी दिँदै त्रिशूली मत्स्य अनुसन्धान केन्द्रका प्रमुख साधुराम बस्नेतले केही रेष्टुरेन्टको कारण महंगिएको माछाको भाउका कारण सर्वसाधारणमा मार परेको बताउनुभयो । भुराको उत्पादन बढी हुने र पोखरीको माछा समयमा विक्री नहुदा भुरा खेर जाने संभावना बढेको ट्राउट माछा पालक किसान सहकारीका अध्यक्ष मदन लामाले बताउनुभयो ।

एक गाउ एक उत्पादन नुवाकोटको आयोजनामा भएको छलफलमा सहभागी विज्ञहरुले माछाको मुल्य घटाउन र गुणस्तर कायम गर्नु पर्नेमा जोड दिएका छन् । माछाको उत्पादन बढेको तर नियमित बजारमा वितरण गर्न नसक्दा केही किसानहरु समस्यामा समेत परेको बताईको छ ।

नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष तथा एक गाउ एक उत्पादन कार्यक्रममा संयोजक शरण उत्सुक सापकोटाले किसानहरुले दाना, भुरा, माछाको मुल्यमा एक रुपता ल्याउन र सेवाको गुणस्तरलाई कायम राखेमा मात्र किसानहरुको भविष्य रहने बताउनुभयो । एक गाउ एक उत्पादन कार्यक्रमले ट्राउट प्रवद्र्धनमा सघाईरहेको नुवाकोटमा ५० परिवार माछा पालनमा संलग्न छन् ।

जिल्लामा ८ गाविसका ३ सय ५० वटा पोखरीमा माछा पालन भईरहेको छ । गत बर्ष ६० मेट्रिक टन माछा उत्पादन भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae