Sahara Sansar

Wednesday, February 23, 2011

दुवै हात नभएकाले गाडी चलाए


 म्याग्दी (बाबियाचौर), ११ फागुन । म्याग्दीका एक युवाले दुवै हातबिना नै सजिलैसँग गाडी चलाएर सबैलाई चकित पारेका छन् ।

 म्याग्दी जिल्ला बाबियाचौर गाउँ विकास समिति वडा नं. ६ निवासी २४ वर्षीय सुरेन्द्र केसीले दुवै हात नभए पनि गाडी चलाएर चकित पारेका हुन् ।
  
सशस्त्र द्वन्द्वको समयमा बेवारिसे अवस्थामा रहेको बम विस्फोट हुँदा २०६३ साल असारमा दुवै हात गुमाएका केसीले सजिलैसँग गाडी चलाउने गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले बेवास्ता गर्ने गरेका कारण आफ्नो क्षमता देखाउने ठाउँ नपाएको उनको गुनासो छ ।

द्वन्द्वपीडित र अपाङ्गता भएका व्यक्तिहरूलाई आश्वासनबाहेक केही पनि पाउन नसकेको उनले बताए ।

 केसीले चारजनाको परिवार गाडी चलाएर पाल्दै आएको छ । रासस

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae