Sahara Sansar

Saturday, February 26, 2011

टप्स र फिस्टेल फाईनलमा प्रबेश

गोकुल बानियाँ
 फागुन १४  पोखरा। पोखराको टप्स उच्च मावि र फिस्टेल उच्च माबि पोखरामा संचालन भईरहेको कास्की जिल्लाब्यापी विद्यालय स्तरिय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन् ।  पोखरा रंङगशालामा आज भएको पहिलो सेमिफाईनल खेलमा टप्स उच्च माबिले सोसियल पब्लिक बोर्डिङ स्कुललाई शुन्यको बिरुद्ध एक तर्फी ५ गोलको फराकिलो गोल अन्तरले पराजीत गर्दै फाईनलमा प्रबेश गरेको हो । 

यस्तै, आज सम्पन्न दोश्रो सेमिफाईनल खेलमा कविता केसीको निर्णायक एक गोलको मद्धतले फिस्टेल उच्च माबिले शान्ति निकुन्ज बोर्डिङ स्कुललाई शुन्यको बिरुद्ध एक गोल अन्तरले हराउदै फाईनलको यात्रा तय गरेको हो ।  

फागुन १६ गते सोमबार प्रतियोगिताको उपाधि सहित नगद २५ हजार पुरस्कारको लागि  टप्स र फिस्टेल उच्च माबि बिच प्रतिष्पर्धा हुने आयोजक कास्की जिल्ला महिला फुटबल संघकी अध्यक्ष भक्ति गुरुङले बताउनु भयो । फागुन ९ गते देखि संचालन भएको प्रतियोगितामा ७ वटा बिद्यालयहरुले सहभागि जनाएका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae