Sahara Sansar

Wednesday, February 23, 2011

पत्रकार महासङ्घ बागलुङमा अनिश्चितकालिन तालावन्दी


सुवास कँडेल
  फागुन ११ बागलुङ   । नेपाल प्रेस युनियन बागलुङले नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको कार्यालयमा आजदेखि अनिश्चितकालिन तालाबन्दी गरेको छ । महासङ्घको जिल्ला अधिवेशनमा आफ्ना सदस्यमाथि अमर्यादित व्यवहार गरिएको भन्दै युनियनले ताला लगाएको हो । 

अधिवेशनमा महासङ्घका अध्यक्ष हरीनारायण गौतमले युनियनका अध्यक्ष तथा महासङ्घका सदस्य सदस्य तथा पदाधिकारीहरु लगायतलाई बन्द शत्रमा चुकुल लगाएर हातपात गरेको भन्दै युनियनले खेद प्रकट गरेको छ । जबर्जस्ती एकलौटी रुपमा घोषणा गरेको निर्वाचन अवैधानिक भएको प्रेस युनियनले बताएको छ । तालावन्दी गर्दै नेपाल प्रेस युनिनका अध्यक्ष दिलिप पौडेलले स्वघोषित निर्वाचन रद्ध गर्नुपर्ने, पत्रकारमाथि हातपात गर्नेले माफी माग्नुपर्ने र तथाकथित कार्वाहि तत्काल फिर्ता नगरेसम्म ताला नखोलिने बताउनुभयो । 

महासङ्घका सदस्य प्रकट कुमार शिशिर र साधारण सदस्य सुवास कँडेल र नरेश कंडेललाई गौतमले विना कारण केन्द्रीय समितिमा कारवाहीका लागि सिफारिस गरेको घटनाकाृ पनि विरोध गरेको छ । 

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको शनिवार भएको अधिवेशन अवैधानिक भएको भन्दै बागलुङमा क्रियाशिल पत्रकारहरुले निरन्तर विरोध गरेका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae