Sahara Sansar

Wednesday, February 23, 2011

मुस्ताङको प्रचार प्रसारमा जुमुराए जोमसोमका युवा

चन्द्रश्वर बस्ताकोटी  फाल्गुन ११ मुस्ताङ ।
हिमाली जिल्ला मुस्ताङको सदरमुकामका युवाहरुले पर्यटन बर्ष २०११ सफल पार्न आगामी फाल्गुण १४ गते मोटरसाइकल रयाली गर्ने भएका छन । १४ गते गरिने रयालीको ६० प्रतिसत तयारी पुरा भएको आयोजक जोमसोम युवा समुहका अध्यक्ष गणेश शेरचनले बताउनु भयो । सदरमुकाम जोमसोम स्थित काठेपुलबाट बिहान ८ बजे शुरुहुने मोटरसाइकल रयाली पोखरा पुगी फर्कने कार्यक्रम तय गरिएको भएपनि आर्थिक अभाबमा आजैमात्र म्याग्दी जिल्लाको तातोपानी पुगी फर्कने बताइएको छ । गत माघ १ गते मात्र स्थापना गरिएको जोमसोम युवा समुहले ब्यानर प्लेकार्ड मुस्ताङमा धेरै भन्दा धेरै आन्तरिक एव बाह्य पर्यटक भित्रयाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको समुहका सचिब दिनेश थकालीले बताउनु भयो । सचिब थकालीका अनुसार “पर्यटन क्षेत्र बिकासको आधार, आन्तरिक तथा बाह्य पर्यटकलाई मुस्ताङको सत्कार । ”, “नेपाल भ्रमण बर्ष २०११ लाई सफल पार्न मुस्ताङ घुम्न जाऔ ।”, “मुस्ताङका धार्मीक तथा पर्यटकीय स्थलहरुको मनोरम दृष्य सँगै रमाउँ ।” जस्ता नारा तय गरेको छ ।समुहले स्थापना प्रत्येक सनिवार सदरमुकाम जोमसोम सरसफाई, प्राकृतिक श्रोतहरुको संरक्षण, पुराना घट्टहरुको संरक्षणका लागि कुलो मर्मत, कालीगण्डकीलाई स्वच्छ राख्ने उद्देश्यले कालीगण्डकी सरसफाई अभियान गदै आएको सचिब थकालीले बताउनु भयो । सचिब थकालीको जिम्मेवारीमा प्रजातन्त्र दिबसका अवसरमा प्रजातन्त्र दिबस मुल समारोह समिती मुस्ताङले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको छ । आगामी दिनमा समुहले नयाबर्षको अवसर पारेर बैसाख १ गते मुस्ताङका गाबिस स्तरीय ताराखेल प्रतियोगिता गर्ने, सोही साझ बिद्यालय स्तरिय सास्कृतिक कार्यक्रम गर्ने समेत तय गरेको सचिब थकालीले जानकारी दिनुभयो । समुहले उपयुक्त समयमा प्रत्येक बर्ष जिल्लाका क्लब स्तिरिय फुटबल प्रतियोगिता र खुल्ला एकल एवं युगल महिला तथा पुरुष टेवलटेनिस प्रतियोगिता संचालन गर्ने लक्ष्य राखेको छ । समुहले सदरमुकाम स्थित काठेपुलको दायाबाया दुर्घटना हुन नदिन तार जाली राख्ने कार्यलाई समेत अगाडि बढाएको सचिब थकालीले बताउनु भयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae