Sahara Sansar

Wednesday, February 23, 2011

अन्तर्राष्ट्रिय भलिबलको फाइनलमा आर्मी र पुलिस

 राजेन्द्र न्यौपाने फागुन ११ भक्तपुर ।
भक्तपुरमा जारी दोस्रो अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप वर्कस कप पुरुष भलिबलको आज भएको खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । स्थानीय सहिद स्मृति खेल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले बङ्गलादेशको पावर डेभेलपमेन्ट बोर्डलाई २५–१८, १५–२३, २५–१७ को सोझो सेटमा पराजित गरयो । खेलमा पुलिसका सञ्जय अर्याल म्यान अफ दि म्याच घोषित भए । त्यस्तै, अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

आर्मीले एपिएफलाई २५–२२, २५–१६, २५–२३ र १४–२५ ले हरायो । खेलमा म्यान अफ दि म्याच आर्मीका कुमार रानामगर घोषित भए ।

भोलि तेस्रो स्थानका लागि बङ्गलादेशको पावर डेभेलपमेन्ट बोर्ड र एपिएफबीच प्रतिष्पर्धा हुनेछ । रासस

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae