Sahara Sansar

Saturday, February 26, 2011

अदुवा बिक्री नहुँदा किसान मर्कामा

   फागुन १४ गोरखा । बोर्लाङ गाउँ विकास समितिमा रहेको भीमकुल बचत तथा ऋण सहकारी संस्थाले गरेको अदुवा खेती विक्रीमा समस्या भएको छ । गत वर्ष सहकारीबाट सस्तो व्याजमा ऋण लिएर अदुवा खेती गरेका किसानहरु अहिले ३० रुपैंया किलो अदुवा बेच्नुपर्दा मर्कामा परेका छन् ।

 गाउँमा झण्डै ५० टन अदुवा रहेपनि हाल ४ टन मात्र विक्री भएको वचतका बुद्धि श्रेष्ठले बताउनुभयो । कालिकाटी फलफूल तथा तरकारी विक्री केन्द्रका ठेकेदाहरुले प्रतिकेजी ३८ मा लिने बताएपनि बजारमा पु¥याएपछि प्रतिकेजी ३२ मात्र दिएको उहाँले जानकारी दिनुभयो ।

किसानहरुका बालीको बजार सुनिश्चित नहुँदा कृषि प्रदान देशका किसानहरु खेती गरेर पनि निरास हुनुपर्ने स्थिती रहेको छ । राज्य उदासिन हुँदा किसानहरु निरन्तर मर्कामा पर्दै आएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae