Sahara Sansar

Monday, February 28, 2011

स्ववियू निर्वाचनको मिति तोक्न नेविसंघले दवावमुलक कार्यक्रम गर्ने

 फागुन १६ काठमाडौं   स्ववियू निर्वाचनको मिति नतोकेको भन्दै कांग्रेसको विद्यार्थी संगठन नेविसंघले दवावमुलक कार्यक्रम घोषणा गरेको छ । सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी नेविसंघले देशभरिका क्याम्पसमा ज्ञापनपत्र बुझाउने, विद्यार्थी सचेतना गर्ने, लगायतका कार्यक्रम तय गरेको जनाएको छ ।

 समानुपातिक निर्वाचन प्रणालीमा सहमति नभएको बहानामा स्ववियू निर्वाचन नै अनिश्चित बनाउने काम भएको भन्दै तत्काल निर्वाचनको मिति घोषणा नगरे कडा आन्दोलन गर्ने नेविसंघले चेतावनी दिएको छ । नेविसंघ अध्यक्ष प्रदीप पौडेलले स्ववियू सुधारका नाममा स्ववियू नै सखाप पार्ने षड्यन्त्र भैरहेको भन्दै त्रिवि कार्यकारी परिषद बसेर त्रिवि सभाले निर्णय गर्ने समय वितिसकेकोले यस्लाई आलटाल गर्ने षड्यन्त्र भैरहेको बताउनुभयो ।

प्रत्येक २ वर्षमा हुनुपर्ने स्ववियू निर्वाचन फागुन दोश्रो साता गर्ने तालिका थियो ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae