Sahara Sansar

Monday, February 28, 2011

सातबुँदे सहमतिको विषयलाई लिएर घोचपेच

  फागुन १६ काठमाडौं।   प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सातबुँदे सहमतिको बिषयलाइ लिएर संसदमा घोचपेच चलेको छ । व्यबस्थापिका संसदको सोमबार बसेको बैठकको विशेष समयमा कागे्रस मुख्य सचेतक लक्ष्मण घिमिरेले सातबुँदे सहमतिले देशलाई दुर्घटना उन्मुख बनाएको आरोप लगाउनुभयो ।

‘चिनमा सास्कृतिक क्रान्तिद्वारा मच्चाइएको वितण्डा मच्चाउने योजना अनुरुप सातबुदे सहमति भएको छ,  उहाँले भन्नुभयो–वाइसिएलद्वारा वितण्डा मच्चाउने र प्रधानमन्त्री निरिह भएर बस्ने तयारी जस्तो छ ।’ शान्ति र संविधानकालागि कागे्रस पूर्ण रुपमा सहयोग गर्न कागे्रस तयार रहेपनि शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ पछाडि धकेलीएको आरोप लगाउनुभयो । माओवादीका पद्मलाल विश्वकर्माले विदेशी शक्तिको इसारामा परेर माओवादीलाइ गृह मन्त्रालय नदिने षडयन्त्र भइरहेको बताउनुभयो ।

मधेशी जनअधिकार फोरमका हरिनारायण यादवले गृहमन्त्रालयको बिषयलाइ लिएर देशलाइ अनिर्णयको बन्दी नबनाउन माग गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपकालका चन्द्रबहादुर गुरुङ्गले सरकार गठन भएको लामो समय समेत सरकारले पूर्णता नपाउदा जनताका समस्या समाधान हुन नसकेको बताउनुभयो ।।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae