Sahara Sansar

Sunday, February 27, 2011

एक परिवारमा चार जना सदस्यहरु शरिरीक अपाङ्ग


कूल तामाङ्
 फागुन १५ नुवाकोट। नुवाकोटको तारुका गाविसमा एक परिवारमा चार जना सदस्यहरु शरिरीक अपाङ्ग रहेका छन् ।

तारुका–१, तारुकाघाटका पूर्णमान श्रेष्ठका पाच सन्तान मध्ये चार सन्तान अपाङ्ग भए पछि उनीहरुको हेरचाह गर्न परिवारलाई समस्या भएको छ ।

पूर्णमानका चार सन्तान मध्य जेठी ज्ञानु मात्र सवलाङ्ग छिन् । दुई छोरा र दुई छोरी भने बोल्न र हिड्न नसक्ने अपाङ्ग छन् । शारिरीक अपाङ्ग भए पनि मानसिक रुपमा उनीहरु अरुले भनेको बुझ्ने र आफ्नो धारण पनि व्यक्त गर्न सक्ने अबस्थामा भएको पूर्णमानले बताउनुभयो ।

अपाङ्ग चार सन्तानमा माइली छोरी २८ बर्षिय टिकामाया, कान्छी छोरी २२ बर्षिय कष्णमाया, जेठा छोरा २६ बर्षिय घनश्याम र कान्छा छोरा १८ बर्षिय इन्द्रमान रहेका छन् ।साना खुट्टा र घुडा जोडिन भएकोले उनीहरु हिडन् सक्दैनन् । 

जन्मिदा राम्रो अबस्थमा जन्मिएका भए पनि हुर्कने क्रममा आफ्नो सन्तानहरुमा शारिरीक अपाङ्गता देखिदै गएको आमा सावर्नीमायाले बताउनुभयो । आर्थिक अभावले गर्दा सानोमा उपचारको लागी स्थानीय स्वास्थ्य सस्ंथाबाहेक अन्यत्र लैजान नसकेको उहाले बताउनभुयो ।

ज्याला मजदुरी र जेठी छोरीको घरजग्गा कमाएर परिवार पाल्दै आएका पूर्णमानले एक बर्षदेखि भने अपाङ्ग भत्ता पाउन थालेपछि राहत मिलेको बताउनुभयो । खाना खान देखि शौचालय जान समेत अरुको सहारा चाहिने सन्तानहरु घरमा आमाबाबु नहुदा समयमा खाना खान र दिशापिसावका लागी शौचालय जान समेत नपाउन अबस्था रहेको छ ।

शारिरिक असक्त यी चार जनाले एक बर्ष देखि सरकारले दिने  मासिक दुई हजार रुपैया भत्ता बाहेक कतैबाट केही सहयोग नपाएको अभिभावकको गुनासो रहेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae