Sahara Sansar

Monday, February 21, 2011

मौरी चराउन मधेस

राजेन्द्र न्यौपाने
फागुन ९ गोरखा। गोरखाका मौरीपालक किसानहरु यतिबेला मौरी चराउन मधेस झरका छन् । गएको मंसीर तश्रो हप्ताबाट घैरुङ गाविसका मौरीपालक किसानहरु मौरी चराउन चितवन गएका थिए । उनीहरु चितवनहुदै अहिले कपिलबस्तु पुगेको त्यहाँबाट किसान काजी रानाले टेलिफोनमा बताए । उनीहरुले जेठसम्म मौरीलाई फिल्डमै चराउँदै हिड्छन् । उनीहरुले स्थानीयको तोरीबारीमा मौरी चराइरहेको बताउँदै रानाले भनें, “यो मौरीको चरनको सिजन भएकोले जिल्लाबाट निकै टाढा कपिलबस्तुसम्म पुगेका हौं ।” “३५ घार मौरी लिएर चराउँदै हिडेको,” गोरखा मौरीपालन सहकारीका सचिव समेत रहेका रानाले भनें, “एकठाउँमा सामान्य भाँडामा घार राखेर चराउँदै हिडेका छौं ।”

जिल्लामा पनि केही तोरीखेती भएपनि एकैठाउँमा आवश्यक खेती नहुँदा टाढासम्म चराउन आउनुपरेको रानाले बताए । भन्छन्, “जिल्लामा एकै ठाउँमा धेरै घार मौरीको लागि चरन पुग्ने तोरीबारी छैन ।” सिजनमा जिल्ला बाहिर चरनमा लगेपनि अफसिजनमा घरमै कृत्रिम आहरा खुवाइने राना बताउँछन् । वर्षायाममा चाहिँ चिनी,
मह, पोलन(मौरीको कुट) खुवाउने गरिएको रानाले बताए । किसानहरुले एक गोला मौरीको ६३ सय हाली ३५ घार मौरी किनेर ल्याएका हुन् । घैरुङका प्राय सबै वडामा मौरीपालन गरिएको छ । यो वर्ष किसानहरुले तीन क्विन्टल मह उत्पादन गरीबेचेंका वरिष्ठ घरेलु विकास अधिकृत गोकर्णराज जोशीले बताए । “किसानले उत्पादन गरेको महलाई बजारको समस्या छैन,” उनले भनें, “एक केजी महको ३ सय २० रुपैयाँ पर्दछ ।”

घरेलु तथा साना उद्योग विकास समिति गोरखाले पोहोरसाल आधुनिक मौरीपालन तालिम दिएपछि किसानहरु समूहमै संगठित भई मौर ीपालनमा लागेका हुन् । तालिमपछि स्थानीय ३५ जना किसानहरुले गोरखा मौरीपालन सहकारी गठन गरी व्यावसायिक रुपमा मौरीपालन गरेको अधिकृत जोशीले बताए । पहाडी जिल्लामा उन्नत जातको मेलिफेरा मौरी समेत किसानहरुले पालन गरिरहेको जोशीले बताए ।

 तालिमपछि घरेलुले किसानहरुलाई २० वटा उपयुक्त प्रविधिका आधुनिक घारहरु समेत उपलब्ध गराई किसानहरुलाई मौरीपालनमा प्रोत्साहित गरेको जोशीले बताए । गोरखाको ताङलीचोक गाविस पनि मौरीको लागि प्रसिद्ध रहेको छ । बार्षिक रुपमा जिल्लामा १ सय क्विन्टल मह उत्पादन हुने जोशी बताउँछन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae