Sahara Sansar

Wednesday, February 23, 2011

सातबुदे सहमतिका विषयमा एमाले र माओवादीका शीर्ष नेताबीच छलफल


फागुन ११  काठमाडौं। नेकपा एमालेले  मंगलवार भएको सातबुदे सहमतिका विषयमा गरेको निर्णय र सरकार गठनका विषयमा सत्ता साझेदार एमाले र माओवादीबीच  छलफल भएको छ । सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा एकीकृत माओवादीले हिजो गरेको निर्णयका बारेमा एमालेसँग जानकारी लिएको थियो । 

माओवादीको जिज्ञासामा प्रधानमन्त्री झलनाथ खनालले सातबुदे सहमति भन्दा एमालेको निर्णय बाहिर नगएको र केही शब्दमा मात्रै संशोधनको आवश्यकता रहेकाले त्यसै अनुसार चल्ने बताउनुभयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने एमालेको निर्णयमा सन्तुष्ट नरहेको र पार्टीभित्र छलफल गरि भोलि जानकारी गराउने बताएको थियो । आफ्नो पार्टी छलफलमा रहेकाले एमालेको निर्णयमा बारे माओवादीले असहमति जनायो ।

बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले एमालेको निर्णयमा माओवादीको सहमति नरहेको र त्यस विषयमा भोलि स्थायी समितिको बैठक बसेर थप छलफल गर्ने बताउनुभयो । एमाले र माओवादीको छलफल सकिएलगत्तै एमाले नेताहरुको बैठक बसिरहेको छ । 

प्रधानमन्त्री खनाल बाहिरिएपनि वरिष्ठ नेता माधवकुमार नोपाल, नेता केपी ओली महासचिव ईश्वर पाखरेललगायतका नेताहरु छलफलमा रहनुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae