Sahara Sansar

Monday, February 21, 2011

सातौ पटक आज पनि मुस्ताङमा हिमपात


शोभा शर्मा बस्ताकोटी
  फागुन ९ जोमसोम। हिमाली जिल्ला मुस्ताङमा यो बर्ष सातौ पटक हिउ परेको छ । हिजो बेलुकी देखि परेको हिउ सदरमुकाम जोमसोमको जमिनमा सामान्य बसेको छ भने पुरै जिल्ला सेताम्मे बनेको छ । हिमपात हुने क्रम भने जारी छ । यस भन्दा अगाडि ६ पटक हिमपात भै सकेको स्थानिय बासीन्दालदे बताए हिमपातका कारण स्याउ किसान खुसी देखिन्छन । 

 गत ३ गते रातीको हिमपातमा कढ्याग्रीएर कुन्जो गाबिस टिटी का ६४ बर्षीय भिमप्रसाद गौचनको कुञ्जो र टीटी बिचको जगलमा मृत्यु भएको थियो भने सदरमुकाम स्थित जिल्ला बिकास समितिको भवनको  सभापतिकक्ष दक्षिण पटट्ीको भाग भत्केको थियो ।
कागबेनी देखि मुक्तिनाथ जाने सडक खण्ड गत ३ गते रातीको हिमपातका कारण अवरुद्ध भए पछि स्थानिय बासीन्दा, यातायात ब्यबसायी, नेपाल प्रहरी, ससस्त्र प्रहरी बलले हिउ सफा गर्न खेजे पनि नसके पछि जिल्ला बिकास समिति मुस्ताङले डोजर लगाई सडक सफा गदै थियो ।

हिजो बेलुका सम्म मुक्तिनाथ गाबिस को खिगां सम्म डोजरले कच्चि सडक सफा गरेको जिबिस मुस्ताङका लेखापाल प्रेम केसीले बताउनु भयो ।हिउ खेल्न रमाउने नेपाली भारतीय र तेस्रो मुलुकका पर्यटकहरुका लागी यो उपयुक्त मौसम भएकाले हिउमा रमाउने पर्यटकको ओइरो लागेको छ । हिउ खेल्न चाहनेहरुका लागि अझै चार पाच दिन सहजै हिउ खेल्न पाउने अनुमान गरिएको छ । 
हिजो बेलुकी कहा कति हिउ प¥यो सबै जानकारी भने आईसकेको छैन । ठुला साना गरि यो सातौ पटक हिमपात भएको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae