Sahara Sansar

Saturday, February 19, 2011

सातवुदे सम्झौता प्रधानमन्त्रीका लागी गलगाड जस्तै कांग्रेसका प्रमुख सचेतकको भनाइ

कुल तामाङ्
फागुन ७ नुवाकोट नेपाली कांग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमीरेले सातवुदे सम्झौता प्रधानमन्त्रीका लागी गलगाड जस्तै समस्या वनेको बताउनुभएको छ । प्रधानमन्त्री बन्न झलनाथ खनालले गोप्य रुपमा माओवादी अध्यक्ष प्रचण्डसंग गरेको सात वुदे सम्झौता कार्यान्वयनमा एमाले भित्रै वाट झलनाथलाई असहयोग भएपछि प्रधानमन्त्रीका लागी गलगाड सिद्ध भएको प्रमुख सचेतन घिमिरेले बताउनुभयो ।

नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुपूर्व आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सचेतक घिमीरले सातवुदे सम्झौताले वृहत शान्ति सम्झौता र अन्तरिम संविधानको भावना विपरित भएको दावी गर्नुभयो ।

सहमति सरकारका लागि शुक्रवार प्रधानमन्त्री झलनाथ खनालले देशवासीका नाममा गरेको सम्वोधनमा माओवादीको सहकार्यले वामध्रुव्रीकरण नभएको दावी गर्दै नेता घिमिरेले सातवँुदे सम्झौता दुईपार्टीको दुई नेता विचमात्र भएकोले सर्वसत्तावाद र एकदलिय सत्ताका लागि भएको वताउनुभयो । सातवुँदे सम्झौता पछिल्लो समयमा झलनाथ खनालका लागी हानिकारण वनेको भनाई राख्दै घिमिरेले मन्त्रीपरिषद विस्तार त्यसको उदाहरण वनेको वताउनुभयो ।

हतियार र लडाकु व्यवस्थापन गर्ने जिम्मेवारी विशेष समितिलाई हँुदाहुदै एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्ड विचको सातवुदे सम्झौता हतियार र लडाकु व्यवस्थापन विरुद्ध समेत रहेको प्रमुख सचेतक घिमिरेको भनाई थियो । सातवुदे सम्झौता दुई नेताविच सत्तालिप्सामा केन्द्रित भएपनी शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन सरकारलाई कांग्रेसले गुण र दोषको आधारमा सहयोग गर्ने वताउनुभयो । माओवादीले सधै व्यक्तीको कव्जा सम्पती फिर्ता गर्ने वचन दिएपनि पछिल्ला समयमा सम्पती कव्जा
गर्ने क्रम वढेकोमा आपत्ती व्यक्त गदै घिमीरेले कव्जा सम्पती तत्काल फिर्ता गर्न माओवादीलाई आग्रह गर्नुभयो ।

घिमिरेले जेठ १४ गते भित्र संविधान नबन्ने ठोकुवा गर्दै जेठ १४ मा संविधान जारी हुन्छ भन्नु फेरि नागरिकलाई दोस्रो पटक ढाट्नु भएको बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae