Sahara Sansar

Thursday, February 24, 2011

लोकतन्त्रको संस्थागत विकासका लागि राजनीतिक दलहरु सहमतिमा आउनुपर्ने : राष्ट्रपति

 फागुन १२ नेपालगञ्ज । राष्ट्रपति डा.रामवरण यादवले आन्दोलनका नाममा चिकित्सकहरुले आपतकालीन सेवा बन्द गर्ने गरेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । नेपालगञ्जमा बिहीबारदेखि सुरु भएको २५ औँ अखिल नेपाल चिकित्सक सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति यादवले  यस्तो  चिन्ता व्यक्त गर्नु भएको  हो ।

"चिकित्सकहरुले आन्दोलनका नाममा अस्पतालको आपत्कालीन सेवा बन्द गरेपछि मेरो चित्त साह्रै दुख्यो, म पनि स्वास्थ्यसेवाकै मानिस हुँ र मलाई तपाईंहरुले अभिभावक भनिसकेपछि मैले पनि तपाईंको जिम्मेवारी बोध गराउनै पर्छ" राष्ट्रपति यादवले भन्नुभयो।

 दलहरुलाई राष्ट्रिय सहमतिमा ल्याई तोकिएको समयमा संविधान निर्माण गर्न अभिप्रेरित गर्ने दिशामा नागरिकस्तरबाट पनि पहल हुनु आवश्यक रहेको भन्दै उहाँले लोकतन्त्रको संस्थागत विकासका लागि राजनीतिक दलहरु सहमतिमा आउनुपर्ने  बताउनु भयो ।

मुलुकमा राजनीतिक स्थायित्व नभएकै कारण सबै क्षेत्रमा त्यसको नकारात्मक प्रभाव परेको  उहाको भनाइ छ।




0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae