Sahara Sansar

Tuesday, February 22, 2011

नया नेपाल निर्माण गर्नको लागी शैक्षिक जगतलाई होशियारी पुर्वक अगाडी बढाउनु पर्ने: त्रिवि उपकुलपति

कूल तामाङ्
 फागुन १० नुवाकोट।  रजत जयन्ती समारोहमा बोल्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. माधवराज शर्माले नया नेपाल निर्माण गर्नको लागी शैक्षिक जगतलाई होशियारी पुर्वक अगाडी बढाउनु पर्ने बताउनु  भएको छ  ।  नुवाकोट आदर्श बहुमुखी क्याम्पसको मंगलबार  रजत जयन्ती कार्यक्रममा  बोल्दै उहाले सबैले होस्टेमा हैसे गरेर सामुदायिक क्याम्पसको शैक्षिक स्तर बृद्धिमा सहयोग गर्न आग्रह गर्नु भयो ।

नुवाकोटमा शिक्षाको ज्योती बाढ्ने क्याम्पसलाई माथि उकास्न व्यक्तिबादी सोच त्याग्न पनि उपकुलपति शर्माले सुझाव दिनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष बसन्तलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाल प्राध्यापक संघका महासचिव रामेश्वर उपाध्याय, नेपाली कांग्रेसका सभासद जगदीश्वरनरसिंह केसी, एकिकृत माओवादीकी जिल्ला इञ्चार्ज लक्ष्मी मुडभरी, एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा, स्थानीय विकास अधिकारी दामोदर भण्डारी, नेपाली कांग्रेसका मोहनबहादुर खड्का, स्वतन्त्र विद्यार्थी युनियनका सचिव दिपक घिमिरे, अखिल क्रान्तिकारीका रघुनाथ रिमाल, नेविसंघका अत्युत गिरी, अनेरास्ववियका ओमप्रकाश श्रेष्ठ, प्राध्यापक ठाकुरप्रसाद पुडासैन, नारायणमान डंगोलले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा अधिकाशं बक्ताहरु जुहारी शैलीमा एक अर्कामा आक्षेप लगाउन उद्धत देखिएका थिए । बक्ताहरुले क्याम्पसको हितको कुरा भन्दा राजनितिक प्रतिशोधको कुरा धेरै गरेका थिए ।

कार्यक्रममा उपकुलपति शर्माले क्याम्पसद्धारा प्रकाशित रजत जयन्ती स्मारिका पनि विमोचन गर्नुभयो ।

कार्यक्रममा क्याम्पस स्थापना गर्नको लागी गठन भएको सस्ंथापन समितिको पदाधिकारीहरुलाई दोसल्ला ओढाएर कदर पत्र सहित सम्मान गरिएको थियो । विभिन्न प्रतियोगिताका विजयीहरुलाई पनि पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । क्याम्पसले रजत जयन्तीको अबसरमा म्याराथन, क्रिकेट, भलिबल, कविता, निबन्ध, बतृत्वकला, रक्तदान लगायत प्रतियोगिता तथा कार्यक्रम सञ्चालन गरेको थियो ।

२०४२ सालमा स्थापना भएको क्याम्पसमा अहिले दुई वटा विषयमा स्नातकोत्तरसम्म अध्यापन सञ्चालन भईरहेको छ । यहा विभिन्न संकायमा १ हजार ७ सय जना विद्यार्थी अध्ययरत छन् । यो क्याम्पसमा व्यवस्थापन, मानविकी र शिक्षा शास्त्र संकायमा अध्यापन भईरहेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae