Sahara Sansar

Sunday, February 27, 2011

अन्जुलले गरे कृष्णविक्रम थापा सगींत विकास कोषको स्थापना


एसवी गौतम 
फागुन १५ सिन्धुली। विश्वसामु रहेका नेपालीमाझ सिन्धुलीलाई चिनाउन सफल लोकगायक कृष्ण विक्रम थापाको नाममा साहित्यकार अन्जुलले कृष्ण विक्रम थापा  सगींत विकास कोषको स्थापना गर्नु भएको छ । लोक सगींतको माध्यमवाट ऐतिहासिक सिन्धुलीगढी दरवार र सिन्धुली जिल्लालाई चिनाउन सफल लोक गायक थापाको सम्मान कतैवाट पनि नभैरहेको अवस्थामा साहित्यकार अन्जुलले यो पहल गर्नु भएको हो ।

जनज्योती उमावी फोस्रेटारले विद्यालयको ४० औ वार्षिक उत्सव एवं अभिभावक दिवसमा आफुलाई सम्मान स्वरुप प्रदान गरेको ५०,००० रुपैया उहाँले आफ्नो व्यक्तिगत जीवनमा खर्च नगरी यस्तो लोकपकारी कार्यमा लगाउनुभएको हो ।

अक्षयकोषवाट प्राप्त हुने व्याजले प्रत्येक वर्ष जिल्लामा गायन प्रतियोगिता गरी उत्कृष्ठ तीनजनालाई कृष्णविक्रम थापा गायन पुरस्कार प्रदान गरिनेछ । कोषको समृद्धिसगै गायन कार्यक्रमलाई उनै लोकगायकको जीवनको सपना अनुसार पछि लोकभाषाभाषीलाई समेटेर फुलवारी कार्यक्रममा रुपान्तरीत गरी राष्ट्रिय
रुपदिने कृष्णविक्रम थापा सगींत विकास कोष तदर्थ समितीको अध्यक्ष अम्विका
शर्माले वताउनुभयो ।

 कोषले जिल्लाका सवै सगिंतकार,गीतकार,गायक,नृत्यकलाकार सवैलाई एकै ठाउँमा गोलवद्ध गरी सागिंतीक
विकासमा अग्रसर गराउन अनुकुल वातावरणको सृजना गर्नेछ र यो सवै सृष्टाहरुको पवित्र साझा चौतारी वन्नेछ कोषका सस्थापक अन्जुलले भन्नुभयो ।

कृष्ण विक्रम थापा सगींत विकास कोषले सिन्धुुली वाङ्मय प्रतिष्ठानमा दर्ता भई आफ्नो कार्य सुचारु गरिसकेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae