Sahara Sansar

Sunday, February 20, 2011

एसीसी महिला ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेश्रो जित


  फागुन ८। कुबेतमा जारी एसीसी महिला ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेश्रो जित हात पारेको छ । आइतबार समुह चरणको आफ्नो तेश्रो जित हात पार्ने क्रममा नेपालले कुबेतलाई ४७ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो ।

प्रतिउत्तरमा नेपालले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य पछ्याएको कुबेतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सरिता मगरले २२ र रश्मी शर्माले २० रन जोडिन् । नेपालले समुह चरणको आफ्नो अन्तिम खेल सोमबार मलेसियासँग खेल्नेछ ।

जितसँगै नेपाल सेमिफाइलनमा पुग्ने प्रायः निश्तिच छ । समुह चरणको तीनबटै खेल जितेको नेपाल ६ अंक सहित समुह बी को शीर्ष स्थानमा छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae