Sahara Sansar

Thursday, February 24, 2011

आगलागी हुँदा ८ वर्षीय बालकको मृत्यु

 फागुन १२ सिराहा। सिरहाको पिप्रा प्रपि १ कडहरबा टोलमा वुधवार राति आगलागी हुँदा ८ वर्षीय बालकको मृत्यु भएको छ ।आगलागीमा ६ परिवारको २१ वटा घर जलेर नष्ट भएको छ । १८ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पिप्रा प्रपि १ का सुकन मियाँको घरबाट वुधवार राति ८ बजे सुरु भएको आगलागीबाट सुकन मियाँका ८ वर्षिय छोरा मोहमद सदामको जलेर मृत्यु भएको हो । आगलागीमा सकुन मियाँ, भदैया, सहदि,सलिम, जुमन र सुकुर मियाँको २१ वटा घर जलेर नष्ट भएको छ ।

सकुनको तीन वटा वाख्रा, ६० हजार नगद, भदैया मियाको एक लाख नगद, सहिदको ३५ हजार, सलिमको ४८ हजार, जुमनको ७८ हजार, सुपुरको ५ हजार नगद समेत जलेको छ

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae