फागुन ११ धादिङ्। सरकारका प्रवक्ता एबम बिना बिभागीय मन्त्री गंगालाल श्रेष्ठले आगामि एकसाता भित्रमै नेपाली काग्रेस पनि सहभागी भएको दुई तिहाई बहुमतको सरकार निर्माण हुने दावी गर्नुभएको छ ।
धादिङ्गको मैदीमा समी भन्ज्याङ्ग उच्च माध्यमिक विद्यालयको स्रोत संकलनको लागी आयोजित महायज्ञको समापन समारोहमा बोल्दै तुलाधरले काग्रेस र मधेसवादी दलहरुलाई पनि सरकारमा सहभागी गराउने प्रयास भईरहेको भन्दै एकसाताभित्रमा सरकारले राष्ट्रिय स्वरुप प्राप्त गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
शान्ति र संविधानको सुनिश्चितताकोलागी राष्ट्रिय सहमतिको अपरिहार्यतामा जोड दिदै उहाँले सरकारले मुलुकलाई राष्ट्रिय सहमतिमा लैजाने ठोकुवा गर्नुभयो । उहाँले झलनाथ खनाल नेतृत्वको सरकारले नै शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउँदै जेठ १४ गते नै संविधान जारी गर्ने दावी गर्नुभयो ।
छिट्टै मन्त्री परिषद विस्तार, शान्ति र संविधानकोलागी , सहमतिमा लैजाने बताउदै मन्त्री श्रेष्ठले । सबैपक्ष जिम्मेवार भए जेठ १४ मा संविधान जारी हुने टिप्पणी गर्नुभयो । ।
0 comments:
Post a Comment