Sahara Sansar

Monday, February 21, 2011

नेपाल पत्रकार महासंघ म्याग्दी शाखामा सुरज केसीको अध्यक्षतामा नयाँ कार्यसमिति

 फागुन ९ म्याग्दी।  नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको शनिबार बेनीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले म्याग्दी काली एफ एमका सम्पादक सुरज केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध रुपमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा अगन्धर तिवारी, सचिवमा हरिकृष्ण गौतम, कोषाध्यक्षमा ठाकुरप्रसाद आचार्य र सहसचिवमा सन्तोष गौतम रहनुभएको छ ।

नेपाल पत्रकार महासंघ म्याग्दीको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको आईतबार बसेको पहिलो बैठकले रित्त रहेको सदस्य पदमा जिल्लामा क्रियाशिल पत्रकार अमृत बास्कुनेलाई सदस्यमा मानोनित गरेको छ । अध्यक्ष सुरज केसीको सभापतित्व, सचिव हरिकृष्ण गौतमको सञ्चालन र केन्द्रिय प्रतिनिधी बिष्णु छिमेकीको बिषेश आतिथ्यतामा सम्पन्न बैठकले एक महिनाभित्र महासंघको कार्यालय स्थापना गर्ने निर्ण्रापनि गरेको छ ।

बैठकले अधिवेशन सफल पार्न सहयोग गर्ने निवर्तमान कार्यसमितिका पदाधीकारी, निर्वाचन समिति लगायत सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट निर्विरोध रुपमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा अगन्धर तिवारी, सचिवमा हरिकृष्ण गौतम, कोषाध्यक्षमा ठाकुरप्रसाद आचार्य र सहसचिवमा सन्तोष गौतम चयन हुनुभएको थियो ।

त्यसैगरी अन्य सदस्यहरूमा आकांक्षा रिजाल, गिता मिजार, गोपाल छन्त्याल, प्रमोद शर्मा र गोपालप्रसाद रेग्मी चयन हुनुभएको छ भने घनश्याम खड्का, तारानाथ शर्मा, अमर बानिया, प्रकाश पौडेल र राजकुमार थापालाई केन्द्रिय पार्शदमा निर्वाचित हुनुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae