Sahara Sansar

Friday, February 25, 2011

सन्दर्भ शहीद सप्ताह र वलिदान दिवस

अकुर तिमल्सिना (आयाम)
नेपाली जनताको पूर्ण मुक्तिको लागि संचचालन गरिएको महान् जनयुद्धले आफनो गौरवमय १५ वर्ष पार गरेर १६ वर्षमा प्रवेश गरेको छ । नेपाल आमाको हजारौ सर्वात्तम छोराछारीको त्याग विरता र वलिदानआज हामी यस स्थानमा आईपुगेका छौ ।

दासताको जीवन भन्दा आजादीको मृत्यु नै कैयौं गुणा श्रेयकर भन्दै मध्य युगिन वर्वरतायुक्त नेपाली सामन्ती केन्द्रीकृत सत्ताको विरुद्ध धावा वोल्ने क्रममा महान् जनयुद्धका प्रथम शहीद दिल व रम्तेल बाट प्रारम्भ भएको वलिदानको इतिहास आज सम्म आई पुगेको छ । आफु मरेर संसार वदल्ने प्रण गरेका योद्धाहरुको वलिदानको सम्मान हामीले फाल्गुण १४ जनयुद्धका प्रथम शहीद दिल व देखि नेपाली कम्युनिष्ट आन्दोलनको चर्चित घटना सुखानी हत्या काण्ड पाmल्गुण २१ को एक हप्तालाई शहीद शप्ताहको रुपमा मनाउदै आएका छौ



मुक्ति वा परिवर्तनको लागि क्रान्ति र क्रान्तिमा वलिदान यो अनिवार्य र अपरिहार्य शर्त हो । क. माओले भन्नु भएझै वन्दुकको वलमा अडेको राज्य सत्ताको ध्वास्त वन्दुकबाट मात्र संम्भव छ । एउटा वर्गको शासन व्यवस्था ध्वंस पारेर अर्काे वर्गको शासन व्यवस्था स्थापना हुन क्रान्ति आवश्यक हुन्छ र वलिदान पनि । आज हामी जुन श्रद्धाका साथ भनिरहेका छौ महान् मान्छेहरु ति हुन जसले मानव जातिको सर्वाेत्तम खुसी र मुक्ति प्राप्तिको खातिर आफ्नो भौतिक शरीरलाई संघर्षको वलिवेदीमा होम्छन् र महान व्यक्तिको रुपमा स्थापित हुन्छन । हो तिनै योद्धाहरु प्रति यस शहीद सप्ताहको अवसरमा हार्दिक श्रद्धासुुमन । तीनै अमर योद्धाहरु प्रति हार्दिक श्रद्धाञ्जली ।

क्रान्तिलाई स्थापित र विकसित गर्दै जाने क्रममा हाम्रो आदरीणय गुरु माक्र्स भन्ुनु भए झै जीवन मरोस तर मृत्यु नवाचोस भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै नेपाली जनताको पूर्ण मुक्तिको अभियानलाई आजको दिनसम्म सफलता पुर्वक ल्याउन ति महान् योद्धाहरुको वलिदानबाट सम्भव रहयो र दशकौ देखि नेपाली जनतनमाथि अन्यायपूर्ण ढंगबाट शासन गर्ने शासक वर्गको मुल जरो छेदन भयो समग्र शासन व्यवस्था नभएपनि । वास्तविक नेपाली जनताको चाहना वमोजिमको शासन व्यवस्था स्थापित भने भएको छैन ।

हजारौ शहीदका सपना पुरा भएको छैन । यो पूरा गर्ने दायित्व अव सचेत स्वाभिमानि नेपाली जनताको काधका आएको छ । त्सलार्इृ पूरा गर्नु नै आजको अवश्यकता हो । सबै प्रकारका भेदभाव र उत्पीडन नेपाली जनता मुक्त भएका छैन । हाम्रो अभियानको उद्येश्य पूरा भएको छैन । दासताको वन्दन केही खुकलो देखिएको होला तर फुस्कीएको छैन । भरिया र मजदुरहरुलाई चौतारीमा भारि विसाएर फुको चिउरा खान दिएको होला तर उसलाई श्रमको मूल्य र अधिकार दिएको छैन । हामी सबै ठाउमा अधिकारबाट वन्चीत नै छौ र हामी हाम्रो अभियानमा निरन्तर छौ । अमर योद्धाको रातो रगत सफत खाएर भन्छौ हाम्रो अभियान जारी छ । हाम्रो युद्ध जारी छ जवसम्म मान्छेले मान्छे भएर वान्ने वातावरणको सिर्जना हदून तवसम्म हाम्रो यात्रा जारी छ । हामी हार्दैनौ र थाक्दैनौ पनि हजारौ अग्रजहको वाटोमा छो ।

त्याग विरता र वलिदानबाट नेपाली जनताले गरेका श्रेष्ठता र विजयमाथि यतिवेला प्रतिक्रियाबादी यथास्थितीवादी शक्ति हरु आफ्नो जाल झेल र भ्रमपूर्ण शासन व्यवस्थालाई टिकाउनमात्र होईन इतिहासमा अफनो अस्थित्व रक्षाको लागि नेपाली जनताका विरुद्ध अनेक नाटकको प्रपञ्च रचिरहेको छ भने अर्काे तर्फ क्रान्तिकारी जनता र त्यसको नेतृत्व गर्ने क्रान्तिकारी पार्टी ए ने क पा( माओवाद) जनतको संघिय गणतन्त्र स्थापना गर्ने दिशामा दृढतापूर्वक लागिरहेको छ ।

क्रान्तिकारी शक्ति र प्रतिक्रान्तिकारी शक्तिको यस भिषण संघर्षको चलिरहेको यतिवेला प्रतिक्रियावादीहरु भारतिय शासक वर्गको विस्तारवादी योजनामा उनको हस्तक्षेपलाई लागू गर्न दलाल गर्दै छन । स्वभिमानी भई वाच्न र आफनो स्वधिनताको रक्षाको लागि अव एकीकृत र संगठित भई त्यसको प्रतिरोध गर्नु पर्ने आवश्यकता छ । जनताको विद्रोह गर्न पाउने अधिकार सुनिस्चित गर्र्दै जनतको गणतन्त्र स्थापना गर्न अगि वद्नु नै मूल कुरा हो त्यसरी अघि वढनु नै शहीदहरुको वास्तवमा सम्मान हो र सम्मान हुने छ ।

र फेरी शहीद शप्ताह २०६७को अवसरमा महान् जनयुद्धका प्र्रथम शहीद दिल व . , महान् शहीद शुरेस वाग्ले लगायत वर्गिय मुक्तिको लागि चलेको महान् अभियानको क्रममा आफनो प्राण उत्सर्ग गर्नुहुने आदरणीय अग्रजहरु र हालसम्म पनि वेपत्ता रहनु भएका वेपत्ता योद्धाहरु प्रति प्रति भावपूर्ण श्रद्धाञ्जली । गहीरो स्मरण ।

1 comments:

santos timalsina said...

la la sahidharulai mero tarfabata pani hardik sradhdhanjali.....

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae