Sahara Sansar

Tuesday, February 22, 2011

मुस्ताङमा यस बर्ष हाल सम्मकै कम तापक्रम

चन्द्रश्वर बस्ताकोटी
 फागुन १० मुस्ताङ। साना ठुला गरि यस बर्ष हिमाली जिल्ला मुस्ताङका सबै भुभागमा सातपटक हिमपात भएको छ । स्थानिय बासीन्दाका अनुसार तल्लो देखि उपल्लो मुस्ताङ सम्म सात पटक भन्दा बढि हिमपात भएको हो । गत पौष १६ गते दिउसो, पौष २५ गते बिहान, पौष २९ गते राति देखि माघ १ गते बिहान सम्म, माघ १६ गते दिउसो देखी राती २ बजे सम्म, माघ २५देखी बिहान ४ बजे सम्म, फाल्गुन ३ गते राती देखी बिहान सम्म हिमपात भएको थियो । यसै गरि फाल्गुन ८ गते राती देखि ९ गते बिहान सम्म समेत अचानक हिमपात भएको ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाका असिस्टेन्ट सब इन्जिनीयर कृष्ण गौतमले बताउनु भयोे । सात पटक सबै तिर हिमपात भएको र कतिपय ठाउमा अझधेरै पटक समेत हिमपात भएको थियो ।
सबर्ष हाल सम्मकै तापक्रम न्युनतममा झरेको मार्फाको जोमसोम माउन्टेन रिसोर्ट नजिकै रहेको जल तथा
मौसम बिज्ञान बिभाग, मौसम अबलोकन केन्द्र जोमसोम, मुस्ताङले जनाएको छ । केन्द्र स्थापना भएको ११ बर्षमा सबै भन्दा कम तापक्रम गत फाल्गुन ५गते माइनस ११.६ डिग्री सेल्सीयस मापन गरिएको थियो । गत बर्ष पुस २६ गते ताक्रम घट्दै माइनस ९.६डिग्री सेल्सीयस भएको थियो । गत बर्ष असोज ५ गते दखि माइनस हुन शुरु भएकोमा यस बर्ष भने कार्तिक २४ गतेबाट तापक्रम माइनस भएको थियो ।

यसबर्ष अधिकास पुस, माघ र फाल्गुन महिना प्राय दिनमा माइनस ७ डिग्री सेल्सीयसको हाराहरीमा भयो भने गत बर्ष सोहि समयमा माइनस ४ डिग्री सेल्सीयसको हाराहरीमा भएको थियो । जोमसोम माउन्टेन रिसोर्टको स्थापनाकाल देखि नै होटलमा रहेका म्यानेजर बद्रि श्रेष्ठका अनुसार अहिले जस्तो जाडोको अनुभब पहिले कहिल्यै भएको थिएन । जोमसोम माउन्टेन रिसोर्टका कर्मचारीले नै मौसम अबलोकन केन्द्र जोमसोम, मुस्ताङको काम समेत गदै आएका छन ।

हिमपात पछि कृषी क्षेत्रमा अन्नबाली सप्रने, चरनको समस्या नहुने  हुदा कृषकहरुमा खुसीयाली छाएको छ । अब पनि हिमपात भए स्याउलाई असर गर्ने जिल्ला कृषि बिकास कार्यालयका कृषी प्रसार अधिकृत रधुबिर श्रेष्ठले बताउनु भएको छ ।  हिमाली क्षेत्रमा हिउदे बालीको राम्रो खेती हुन हिउ अत्यावश्यक मानिन्छ । स्याउलाई किराबाट बचाउन समेत हिउ बरदान साबित हुन्छ  । हिउ खेल्न आउने पर्यटकहरु हवाई मार्ग हुदै मुस्ताङ भित्रिने क्रम सोमबार देखि नै बढेको छ ।

स्थानिय बासिन्दा र मुक्तिनाथ दर्शन गर्न आउने पर्यटकलाई भने जमेको हिउका कारण समस्या भएको छ । जोमसोम देखि मुक्तिनाथ जाने सवारी साधन लाई समस्या भएकोमा गत सनिबार देखिनै जिल्ला बिकास समिति मुस्ताङले कच्ची सडकको हिउ फाल्न डोजर लगाएको छ । डोजरबाट कच्चि सडकको हिउ फाल्न करिब २ लाख ५० हजार लाग्ने अनुमान गरिएको जिल्ला बिकास समिति मुस्ताङका सब इन्जिनीयर बिष्णु बास्तोलाले बताउनु भयो ।

गत ४ गतेको हिमपातका बेला कुञ्जोगाबिस टिटीका ६४ बर्षिय भिम प्रसाद गौचनको  चिसोले कठ्याग्रीयर दुखद  निधन भएको थियो । साथमै रहेकी १० बर्षिय बालिका कबिता तामाङ घाइते भएकी थिइन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae