Sahara Sansar

Saturday, February 26, 2011

झलनाथ गुटको शोकमा केपी गुटको भोज



राजेन्द्र न्यौपाने
 फागुन १४ गोरखा । अखिल नेपाल किसान महासंघ गोरखाका अध्यक्ष विपिनचन्द्र ढकालका पिता श्रीनाथकोट गाउँ विकास समिति ने.क.पा. एमालेका गा.वि.स.सेक्रेटरी सुरेन्द्र ढकालको निधन भएको ४५ औं दिनको अवसर पारेर ने.क.पा. एमाले गोरखाले शुक्रबार विशेष भोजको आयोजना सम्पन्न गरेको युवा संघका एक सदस्यले जानकारी दिनुभयो ।
    
 मन्दिरबाट बोकाको टाउको ल्याई पार्टी कार्यलयमा आसपास रहेका होटलहरुमा विषेश भोजको गरिएको एमाले नेताहरुले जानकारी दिएका छन् ।
     
केही दिन अघि एक युवा नेतालाई प्रहरी लगाएर गिरफ्तारी गरिएको घटना सेलाउन नपाउँदै एमाले युवासँघका संयोजक कृष्ण काप्रीको नेतृत्वमा पार्टी कार्यकर्ताको निधन भएको ४५ दिन पुगेको दिनमा पार्टीको आयोजनामा मनोरञ्जन पूर्ण भोज गरिएको हो ।

गाउँ गाउँबाट केपी ओली गुटका कार्यकर्ताहरु ल्याएर भोजसँगै गोप्य प्रशिक्षण समेत दिइएको एमाले पार्टी कार्यलय स्रोतले जानकारी दिएको छ । भोजमा पार्टी अध्यक्ष सहित कालिका पाण्डे, सुवास अधिकारी, शिव श्रेष्ठ लगायतका जिल्ला नेताहरु सामेल रहेको स्रोतको दावी छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae