Sahara Sansar

Wednesday, February 23, 2011

रसुवामा योजना तर्जुमा गोष्ठी सम्पन्न


 फागुन ११ रसुवा।  रसुवा जिल्लामा चार वटा इलाका क्षेत्रमा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। इलाका नं २, ३, ४ र ५ को योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो  ।

गोष्ठीले गाउँ परिषद्बाट छनौट भएका विभिन्न् योजनाहरुलाई तर्जुमा गरी जिल्ला विकास समिति र विषयगत कार्यालयहरुमा पेश गरेको छ । गोष्ठीमा सहभागी स्थानीय विकास अधिकारी राममणि भट्टराईले स्थानीय बासिहरुको सहयोगमा मात्र तर्जुमा गरेको योजनाहरु पूरा हुने बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae