Sahara Sansar

Wednesday, February 23, 2011

नक्कली नोटको कारोबार बढ्दो

 फागुन  ११ म्याग्दी (बाबियाचौर) । म्याग्दी सदरमुकाम बेनीका बैंक तथा वित्तीय संस्थामा ५०० र हजार रुपैयाँका नक्कली नेपाली नोट फेला पर्न थालेका छन्।  पछिल्लो तीन महिनामा माछापुच्छ्रे बैंकको बेनीस्थित शाखाले रु ५०० दरका तीन र हजार दरका दुईवटा नोट फेला परेको जनाएको छ ।

 यसैगरी धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले हजारका दुई थान नोट फेला पारेको थियो । अन्य आर्थिक कारोबार गर्ने बैंक, वित्तीय संस्था, सहकारी र रेम्यिान्स काउन्टरले पनि नक्कली नोट फेला पार्ने गरेको जनाएका छन् । 

सर्वसाधारणले ल्याएका नोटमा नक्कली फेला परेमा नोटमा दुईवटा प्वाल पारेर रातो मसिले ‘काउन्टर फिट’ लेखेर नोटको छायाँप्रति ग्राहकलाई दिने गरेको माछापुच्छ्रै बैंक बेनी शाखाका प्रबन्धक सरोज पोख्रेलले बताउनुभयो । रासस

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae