Sahara Sansar

Thursday, February 24, 2011

नेपाली कामदारहरु घर फर्कने क्रममा ईजिप्टको सिमामा अलपत्र

फागुन १२  । लिवियामा जारी सरकार विरोधी प्रदर्शनका कारण बैदेशिक रोजगारीका शिलसिलामा गएका सैयौँ नेपाली कामदारहरु घर फर्कने क्रममा अलपत्र परेका छन् । प्रदर्शनले उग्ररुप लिन थालेपछि घर फर्कन लागेका पाँच सय ८० नेपाली कामदारहरु ईजिप्टको सिमामा अलपत्र परेका हुन् ।

अन्य २० जना सम्पर्क बिहिन भएका छन् । लिवियामा कार्यरत कञ्चनपुरको त्रिभूवनवस्तीका रुद्रप्रसाद घिमिरेले  बिहीवार टेलफोन गरेर आफुहरु अलपत्र परेको जानकारी दिएको उहाँका भाई तथा नेपाल पत्रकार महासँघ कञ्चनपुरका पूर्वसभापति युवराज घिमिरेले जानकारी दिनुभयो । नेपाली कामदारहरु अध्यागमन कार्यालयमा घण्टौदेखि प्रतिक्षामा बसेको बताईएको छ ।

अलपत्र परेका कामदारहरु ईजिप्ट हुँदै नेपाल फर्कने प्रतिक्षामा रहेको टेलिफोनमा जानकारी पाएको
घिमिरेले बताउनुभयो । केहीदिन यता लिवियामा भईरहेको सरकार विरोधी प्रदर्शनका कारण त्यहाँ कार्यरत बिदेशी नागरिकहरु सुरक्षाका कारण धमाधम घर फर्कन थालेका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae