Sahara Sansar

Saturday, February 26, 2011

सहमतिको प्रयास जारी छ: नारायण काजी श्रेष्ठ

राजेन्द्र न्यौपाने
 फागुन १४ गोरखा । एकीकृत ने.क.पा.(माओवादी) का उपाध्यक्ष नारायण काजी श्रेष्ठ (प्रकाश)ले राष्ट्रिय राजनीतिमा सहमतिको प्रयास जारी रहेको बताउनुभएको छ । जिल्लाको महेन्द्र ज्योति उच्च माध्यमिक विद्यालयका स्वर्ण महोत्सव कार्यक्रमको समापन कार्यक्रममा बोल्दै उहाँले शान्ति र संविधानका विरुद्धमा केही दलहरू लागि परेकाले राष्ट्रिय सहमतिको सरकार निर्माणमा कठिनाई भएको बताउनुभयो ।

फागुन १४ गते अर्थात दुर्गम गाउँ पन्द्रुङ गाउँ विकास समिति ब्रम्हचारिणी निम्न माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत १४ वर्षिय बालक दील बहादुर रम्तेललाई गोली हानी हत्या गरिएको दिन पारी गरिएको उक्त कार्यक्रममा उहाँले शहीदको सपना पूरा नहुँदा सम्म निरन्तर संघर्ष गरिरहने बताउनुभयो ।

उहाँले आजै २०४१ सालदेखि निरन्तर कम्युनिष्ट राजनितिमा लागेर भर्खरै निधन भएका देउराली गाउँ विकास समिति स्थित रामप्रसाद कैनीको परिवारलाई समेत भेट गर्नुभएको छ ।

विद्यालयको कार्यक्रम सकेर उहाँ काठमाण्डौं हिड्नु भएको छ । कार्यक्रममा उहाँले विद्यालयको स्मारिका विमोचन गर्नुका साथै जग्गाादाता, चन्दादाता र विद्यालयकका शिक्षक शिक्षिकाहरूलाई अभिनन्दन समेत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रवबाबु जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य लक्ष्मण बाबु आचार्यले विद्यालयको आयव्यय पढेर सुनाउनुभएको थियो । फागुन १० गतेदेखि सञ्चालन भएको स्वर्ण महोत्सवको उद्घाटन नेपाली काँग्रेसका नेता जीवनप्रेम श्रेष्ठले गर्नुभएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae